News Portal

  • मेयर वालेन र उपमेयर डंगोलहरु नाराको पुतला बन्ने होइन

    पदम श्रेष्ठ काठमाडौ, १७ भदौै २०७९
    ५७६ पटक
    balenकाठमाडौ, १७ भदौै २०७९

    अत्यधिक बहुमतबाट काठमाडौं महानगरपालिकामा चुनिन सफल मेयर वालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसमक्ष काठमाडौंबासीका झण्डै दुई दर्जन समस्याका चुनौतिहरु खडा छन् । काठमाडौं पुर्ननिर्माणका हस्ती मानिनु हुने केशव स्थापितलाई समेत तेस्रो हरफमा नै रोकेर अत्यधिक बहुमतबाट स्वतन्त्र मेयर, उपमेयरमा जित्न सक्षम शाह र डंगोललाई काम गर्न अन्य राजनितिक पार्टीबाट विजयी जनप्रतिनिधि र चक्रीय प्रणालीमा कार्य गर्ने कर्मचारी फलामको च्युरा हुन सक्ने चेतावनी जनमानसले दिन थालेको पाईन्छ । तर, महानगरपालिकाको पहिलो बैठक जस्तै ईन्टरनेटमा सार्वजनिक महत्वको बैठक गर्ने गरे भने जनसमर्थन व्यापक हुने मा पनि जनताको विश्वास रहेको पाईन्छ । जनसमर्थनको कुरो गर्दा १४ हजार भोट ल्याउन सफल अर्का स्वतन्त्र उमेदबार जर्वजस्ती सडक बिस्तार विरुद्ध संघर्ष समितिका अभियन्ता सुमन सायमिले समेत मेयर वालेन्द्रनारायण शाहलाई समर्थन जनाउनुले पनि प्रमाणित हुन्छ कि उहाँ प्रति धेरै युवाको विस्वास छ, केहि गर्छ भनेर । बजारमा नेवार बृद्धबृद्धा विच बालेनचा र युवा जमात विच अमेरीकी राष्ट्रपतिकै नाउँ वाईडेनले चर्चित बालेनले पुर्व मेयर केशव स्थापितबाट पनि अनुभव आदान प्रदान गर्न सके सुन माथि सुगन्ध हुनेमा जनआधार अडिग छ ।

    चुनावमा हारजित स्वभाविक कुरा भयो तर पुर्व मेयर केशव स्थापितले थाल्नु भएको फोहरलाई मोहर बनाउने सोच , टुँडिखेल , भुगोल पार्क , भृकुटी मण्डप आदिस्थानमा अण्डर क्रसिङ पार्किङस्थल बनाउने अभियानबारे आइडिया लिन उचित हुने जनआवाज पाईन्छ ।
    किनकी काठमाडौंको तीनकुने ,माईटीघर मण्डला , रत्नपार्कको खुल्ला संरचना निर्माणदेखि बसन्तपुर धरहरालाई आयश्रोतको मार्ग बनाउने सम्म बागमति ,विष्णुमति नदि किनारलाई छोपेर सडक विस्तारदेखि ठाउँ ठाउँमा पार्कस्थल निर्माण सम्मको कार्य गर्नुहुने स्थापितबाट आईडियालाई सहकार्यमा लगाउन पाए सुनमाथि सुगन्ध हुन सक्ने जनआवाज छ । जे होस शिक्षित युवा मेयर उपमेयर मिलेर काठमाडौंका समस्याहरुलाई निकास दिदै जाने कुरामा विस्वष्ट देखिन्छ काठमाडौंबासी ।

     फोहरलाई मोहर बनाउने कुरा
    फोहर व्यबस्थापनको सवाल काठमाडौंको मात्र नभई देशभरकै शहरी क्षेत्रको साझा समस्या भैसकेको छ तर बिज्ञ समुह वा व्यक्ति विशेषले सानै स्केलमा भएनि उदाहरणीय कार्य गरिरहनुभएका उदाहरणपनि छन याहाँ । त्यस्ता कर्म योगीहरुलाई राज्यले सम्र्पकमा राखेर बजेट सहितको जिम्मेवार बनाउन सके समस्याको समाधान हुन बेर लाग्दैन थियो । फोहरलाई मोहर बनाउने कार्यमा उदाहरणिय कर्म गरी उल्टै आयश्रोतको माध्यम बनाईरहनुहुने व्यक्तित्व हुन ईं. महेश नकर्मी । उहाँले महाराजगञ्जस्थित टिचिङ अस्पतालको फोहरलाई व्यबस्थापनगरी महिनाको लाखौं रुपियाँ आम्दानी गराईरहनुभएको छ । पहिले अस्पतालको फोहर फयाँक्न मात्र लाखौं रुपियाँ खर्च हुन्थ्यो तर र्इंन्जिनियर नकर्मीको टोलीले विरामीबाटै फोहरलाई गल्ने र नगल्ने गरी छुटाएर छुटटा छुटटै भाँडामा राख्ने गर्ना साथ उल्टै आम्दानी हुन थालेको हो । उहाँले अस्पतालबाट उत्पादन हुने अप्रेशनको फोहरबाट ग्याँस उत्पादन गरी खाना पकाउने , पानीका बोटल , कागज पत्रआदी बेच्दा उल्टै स्वस्थ्यमा सुधार र आयश्रोत ब्यापक रुपले बढेको बताईन्छ । ई. नकर्मी भन्नु हुन्छ , फोहरको दिर्घकालिन समस्या समाधान गर्न प्रत्येक वडाले प्रत्येक घर घरबाट स्रोतमानै फोहरलाई दुई देखि चार बटा भाडाँमा छुटटा छुटटै ढङगमा उठाउने गल्नेबाट मल र नगल्नेबाट मोहर उत्पादन गरे वडाले उल्टै आम्दानी गर्न सक्दछ ।

    टेकु फोहर मैला डम्पिङ क्षेत्र नजिकै घर रहेका पचली भैरव डोजो प्रमुख गुरु महेश नेवा ःको विचारमा चाहि टेकुमा जस्तै प्रत्येक वडामा स सानो फोहर मैला व्यवस्थापन गर्ने ,संकलनगरी छुटटयाउने केन्द्रहरु विकेन्द्रित गर्दै लानु पर्दछ । फोहरलाई विहान ४ वजे भित्र उठाईसक्ने तर जथाभावि फोहर फयाक्नेलाई पक्रिएर सिक्कीममा जस्तै ठाउँको ठाउँनै जरीवाना गराउने र पक्रिने वा पक्राउने जो कसैलाईपनि जरीवानाको आधा रकम दिने प्रावधान ल्याउनु पर्दछ ।

    मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल सामु फोहर समस्या मात्र जस्तो देखिएपनि फोहरको समस्या सिर्जना गर्ने झण्डै दुई दर्जन समस्यालाई जव सम्म प्याकेजमा समाधानका उपाय अवलम्बन गरिदैन तव सम्म समस्याले निकास पाउन नसक्ने थोकुवा गर्नुहुन्छ , राष्ट्रबादी केन्द्र नेपाल आर्थिक व्युरोका संयोजक प्रेमराज बासुकला । उहाँको सुझाव के छ भने फोहर व्यवस्थापन संगै वर्षातको बेला हुने ढल जाम , सार्वजनिक शौचालयको अभाव , छाडा गाई गोरु,कुकुर र वाँदरको पनि समस्या छ महानगरमा । त्यसैगरी सडक व्यापारी , मगन्तेहरुकोे अस्तव्यस्तता ,जथाभावि रुपमा बसेका सुकुम्वासी ,खुलेआम सडकमा देखिने नगरबधुहरुलाई व्यबस्थापन गर्न नसक्नुले लाग्छ हाम्रो महानगर युद्ध पछि गाँस बासको जोहो गर्न लागेको नगर जस्तो देखिने गरेको छ ।

    प्रत्यक्ष अप्रत्यक्ष फुटफाट अतिक्रमणगरी हस्तक्षप भैरहेका फल्चापाटी ,जथाभावि ढङगमा फिजाईएका पसलहरु, अस्तव्यस्त रुपमा संचालित पशुबधस्थल, जथाभावि सवारी पार्किङ , जताततै हरियालीको विनाश गरी सिंहदरवार, नारायणहिटी संग्रहलय, प्रहरी प्रधान कार्यालय नक्साल, टुँडिखेल भित्रै पनि सेनाले नगरपालिकाको स्विकृति बिनै निर्माण गरिरहेको कङिक्रटका आलिशान भवनहरुले काठमाडौं महानगरलाई स्वच्छ त बनाईरहेको छैन अवश्यपनि । शहरको सौन्दर्यलाई फोहर पार्ने कार्यमा सडक वालबालिका, अपाङ, मानसिक रोगी सडकमा विभिन्न तौर तरीका अपनाएर माग्न बस्ने रोगी, बृद्ध बृद्धाहरुलाई व्यवस्थापन गर्न नसक्नुले पनि भैरहेको देखिन्छ ।

    पानीको उचित वितरण , व्यवस्थापन हुन नसक्नु ,सडक वत्ति अझैपनि गल्लीमा पुर्णरुपमा जडान हुन नसक्नु र परम्परागत मान्छे जलाउने मसान – मैतिदेवि , स्वयम्भुको आनन्दकुटीको थेरबादी चिहान , चावहिलको सडक विचको चिहान र पशुपतिको कपाली चिहानलाईपनि अतिक्रमण भई समय सापेक्ष व्यवस्थापन गर्न नसक्दा फोहरको अर्को दस्तावेज बन्न पुगेको छ । बागमति विष्णुमति नदि प्रदुषणको सवाल त क्रोनिकनै भैसकेको अवस्था हो भने सवारी लाईसेन्स देखि पासपोर्ट नागरीकताको लाईसेन सम्मको लाईन प्रदुषणले शहरी सौन्दर्यमाथि आघात पुर्याईरहेको प्रष्ट देख्न सकिन्छ । तर हुने विरुवाको चिल्लो पात भनिए जस्तै नवनिर्वाचित मेयर र उपमेयर दुवैले बढाई सगुन खान दौडाडौढ गर्न छोडि फोहर व्यवस्थापनका लागि जुन तदरुकता देखाउनु भएको छ त्यसबाट मान्छेहरुले भन्न थालेकाछन् वालेनचा ला छुँ याइ थें च्व । अर्थात बालेन चाले त केहि गर्ला जस्तो छ ।

    मेयर र उपमेयरको युवा टिमले श्रावण १ गते देखिनै लागु हुने गरी गल्ने र नगल्ने फोहर छुट्याएर मात्र उठाउने जुन निर्णय गरेको छ त्यो सह«ायिन भएपनि निरन्तरताको ग्यारन्टि भएन भने पुर्व मेयर केशव स्थापितद्धारा थाल्नुभएको फोहर किलोमा किन्ने अभियान जस्तो नहोला भन्न सकिन्न । कामपा १८ वडाध्यक्ष न्हुछेंबहादुर डंगोलले पनियस अघि वडाबासीका घर घरबाटै फोहर छुटटयाएर उठाउने अभियान थाल्नुभएकै हो तर सफल हुन सक्नु भएन किन कारणको मुलमै बुझ्नु अबश्यक देखिन्छ । अन्त्यमा भन्नैपर्दछ नेताले निति बनाईदिने र सम्वन्धित क्षेत्रमा सम्वन्धित विज्ञलाई त्यो कार्यको जिम्मा दिन सके माओवादीको सरकारले कुलमान घिसिंङलाई विद्युतमा ल्याउदा देशले नै कायापलट गरे जस्तै गर्ने निश्चत छ नत्र मेयर वालेन शाह र उपमेयर सुनिता डंगोलहरुपनि नाराको पुतला बाहेक केहि हुन नसक्ने बिज्ञहरुको ठहर छ । मेयर उपमेरको आव्हानलाई समर्थन गर्दै सार्वजनिक शौचालय गर्न कतिपय होटल ,बैंङकहरु स्वतस्फुर्त रुपमा राजी हुनु कालो घेरा भित्रको चाँद हो भन्न सकिन्छ । तर बलेन शाहहरु संघै चक्रीय कर्मचारी तन्त्र र अवसरबादी राजनितिक जनप्रतिनिधिबाट सर्तक रहिरहनु पर्दछ विज्ञहरुको सुझाव छ ।

    (खोजकर्ता तथा लेखक श्रेष्ठका  नेवा : समुदाय , सस्कृति /सम्पदा / जाति / धर्म / परम्परा सम्बन्धित पुस्तकहरु प्रकाशित छन् ) 

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...