News Portal

  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१८ भदौ २०७९
    २४१ पटक
    भक्तपुर,१८ भदौ २०७९

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुनेछ। परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

    दुई विषयमा ननग्रेडिङ अर्थात् एनजी आउने परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ।

    तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय समयभित्र बोर्डको सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बुझाउनु पर्नेछ।

     

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...