News Portal

  • अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै छः अर्थमन्त्री शर्मा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१८ भदौ २०७९
    २३५ पटक
    भक्तपुर,१८ भदौ २०७९

    अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताए । तरलतामा देखिएको सुधारोन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको उनको भनाइ छ । गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पाठ सिकेर अहिले अर्थमन्त्रालय र मातहतका निकायले बेलैमा पहल थालेको पनि उनको दाबी छ ।

    अर्थमन्त्री शर्माले नेपाल श्रीलंका हुन्छ भन्ने नकारात्मक हल्लाकाबीच बेलैमा होसियारी अपनाउँदा अवस्था त्यस्तो हुन नगएको र अर्थतन्त्र थप बिग्रन नदिएको समेत बताए। अब अर्थतन्त्र लयमा आउने आफूले विश्वास गरेको र देशभित्र लगानीमैत्री वातावरण बन्दै गएको उनको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...