News Portal

  • अछाम पहिरो अपडेटः१४ जनाको मृत्यु, एकै परिवारका आठजनाको शव फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ असोज २०७९
    २५२ पटक
    भक्तपुर,१ असोज २०७९

    अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने थप ६ जना अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको डीएसपी डाँगीले जानकारी दिएका छन् । उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ । पहिरो पुरिएकामध्ये कमलवजार नगरपालिका –६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका आठजनाको शव फेला परेको छ ।

    स्थानीय वासिन्दाले ४२ वर्षिय नेत्रबहादुर शाही, उनकी ३५ वर्षिष श्रीमती मनिषा शाही, १६ वर्षिया छोरी बिमला शाही र १६ वर्षाया भतिजी जानकी शाहीको शव पहिरोबाट निकालिएको छ । उक्त पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरासमेत पुरिएका छन् । पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीद्वय १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीद्वय २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीया छोरा सुन्दर शाही छन् । उनीहरूको उद्धारका लागि स्थानीय वासिन्दा सक्रिय भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भइरहेको स्थानीय प्रताप शाहीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...