News Portal

  • गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ असोज २०७९
    ९४६ पटक
    भक्तपुर, १२ असोज २०७९

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा गरेका छन् । बुधबार माओवादी केन्द्रको सूर्यविनायक नगरसमिति द्वारा आयोजित दशै शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोख्रेलले उक्त खुलासा गरेका हुन् ।

    सत्ता साझेदार दलहरुबीच केन्द्रमा चुनावी गठबन्धनको सिट बाडफाड्को विषयमा रस्साकस्सी चलिरहदा भक्तपुरमा प्रदेश सभा सुनिश्चित रहेको सचिव पोख्रेलले बताए । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क चागुनारायण क्षेत्र र निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ख मध्यपुर थिमि क्षेत्रमा माओवादी केन्द्रले सीट प्राप्त गर्ने सचिव पोख्रेलले दावी गरे । माओवादी केन्द्रले समानुपातिक मत सुनिश्चित गर्न प्रत्येक निर्वाचन क्षेत्रमा सङ्घ वा प्रदेश मध्य एकको दावी नछाड्ने नीति बमोजिम सीट बाड्फाड्बारे छलफलमा सहभागी भैरहेको उनको भनाइ छ । माओवादी केन्द्रले प्रदेश सभाका लागि मध्यपुर थिमी क्षेत्रमा आफ्ना पोलिट्ब्युरो सदस्य दिलिप प्रजापति भीष्म र चागुनारायणमा युवा नेता बिरु तामाङ सुदिपलाई अघि सारेको छ ।

    उक्त अवसरमा नेता पोख्रेलले नेपाली कांग्रेससंग दीर्घकालीन गठबन्धन नहुने बताउदै यो गठबन्धन केपी ओली प्रवित्ती बिरुद्ध संविधानको रक्षा गर्न मात्र केन्द्रित रहेको जिकिर गरे । महाकाली सन्धि विरुद्ध पन्च किर्तिनीधी बिष्ट संग सडकमा मोर्चाबन्दी गरेको स्मरण गर्दै सचिव पोख्रेलले संविधान लागू गर्न वर्तमान गठबन्धनको बिकल्प नभएको बताए ।                                                                                                                 उनले नक्कली राष्ट्रबादको मुकुण्डो लगाएर नाचिरहेको एमालेको मुकुण्डो उतार्न कार्यकर्तालाई निर्देशन दिए । नेता पोख्रेलले बर्तमान परीवर्तनको मात्र नभई उज्यालो नेपाल र भूमी सम्बन्धि समस्या समाधान लागायतमा समेत माओवादी केन्द्रको नेतृत्वमा काम भएका भएपनी त्यसलाई जनता सम्म प्रचार गर्न नसकिएको गुनासो गरे । पार्टीले गरेका कामहरुको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिदै नेता पोख्रेलले  एक कार्यकर्ताले कम्तिमा १० मत ग्यारेन्टी गर्न र चुनावमा एकतावद्ध भएर लाग्न अपिल गरेका थिए । सूर्यविनायक नगर अध्यक्ष सानुकान्छा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, जिल्ला अध्यक्ष सुनिल बासु, सचिव जीवन तज त्यसैगरी प्रदेश सदस्य प्रेम लामा,दिनेश थपलिया, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठ लगायतको आतिथ्यता रहेको नगर सचिव सनिस लागेजुले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...