News Portal

  • नेपालमै बन्याे यस्ताे पुल, भिर खोपेर पुल निर्माण

    इभक्तपुर संवाददाता
    २१३८ पटक

    गाेरखा । उत्तरी गोरखामा भिर खोपेर बनाइएको दुईवटा ‘क्यान्टिलिभर’ पुल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका–१ केरौँजास्थित यारु बगर र चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभिरमा बनाएको पुल हस्तान्तरण भएको हो ।

    यारु बगरमा बनेको पुल एक सय ९५ मिटर लामो छ । चुमनुव्रीको सर्दिभिरमा निर्माण गरिएको पुल ९० मिटर लामो छ । मनास्लु पदमार्गको यारु बगरको पैदलमार्ग बुढीगण्डकीले कटान गरेपछि भूकम्पलगत्तै केही महिना सो ठाउँमा आवतजावत ठप्प भएको थियो ।

    युकेएडको आर्थिक सहयोगमा पुल बनेको हो । नेपाल बजार विकास कार्यक्रमले पुल बनाउने जिम्मा लिएको थियो । निर्माणको डिजाइन तथा निर्माण व्यवस्थापन स्विट्जरल्यान्डको एएफ–आइटेको लिमिटेडले गरेको थियो ।

    केरौँजास्थित यारुबगरमा पुल निर्माण गर्न तीन करोड ७५ लाख र चुम्चेतको सर्दिभिरमा चार करोड १५ लाखको लागतमा पुल निर्माण गरिएको हो । ‘क्यान्टिलिभरको स्टिल संरचनालाई चट्टानमा खोपेर विशेष बोल्टले जोडेका छाैँ,’ प्राविधिक सल्लाहकार विष्णु शाहले भने ‘झोलुंगेपुलजस्तै हो, यसको आयु कम्तीमा ५० वर्षसम्म हुन्छ, तर नियमित मर्मत–सम्भार भने गर्नुपर्छ ।’

    भूकम्पपछि तल्लो र उपल्लो गोरखा सम्पर्क विच्छेदको अवस्था भए पनि पुल निर्माणपछि आवतजावत सहज भएको स्थानीय विकास अधिकारी नारायण आचार्यले बताए । उनले भने ‘१८ रुपैयाँमा किनेको नुन हेलिकोप्टरबाट ढुवानी गर्न भाडा मात्र ८५ रुपैयाँ लाग्थ्यो, यस्तो अवस्थामा यो पुल निर्माणले उत्तरी गोरखाका स्थानीयलाई निकै सहज भएको छ ।’ पदमार्ग ठप्प भएपछि तत्कालीन समयमा मनास्लु आरोहण गर्ने पर्यटक मनाङको बाटो भएर आउने गर्थे ।

    हेलिकोप्टरबाट निर्माण सामग्री लगेर पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै सो क्षेत्रका आठ हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ‘७० प्रतिशत दैनिक उपभोग्य सामग्री तल्लो क्षेत्रबाट लानुपर्छ,’ चुमनुव्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘पुल नहुँदा त्यहाँका स्थानीयको जनजीवन निकै कष्टकर बनेको थियो ।’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले क्यान्टिलिभर पुललाई जीविकोपार्जन र टुरिजमसँग जोडेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिए ।

    हेर्नुहाेस भिडियाे पनि

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...