News Portal

  • फागुन-१ मा महाशिवरात्री : भुलेर नगर्नुस् यी १० काम

    इभक्तपुर संवाददाताभक्तपुर, २३ माघ
    १५९७ पटक
    भक्तपुर, २३ माघ

    महाशिवरात्रि शिवभक्तको लागि बिशेष महत्वको हुनेगर्छ ।यो बर्ष फागुन संक्रान्तिकै दिन महाशिवरात्रि परेको छ । महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

    पशुपतिनाथको देश भनेर पनि चिनिने नेपालमा शिवभक्तहरु यस दिन शिवको बिशेष पूजा अर्चनामा लिन हुनेगर्दछ्न् ।चाडै प्रशन्न हुने र चाडै नै क्रोधित बन्ने भनेर शाश्त्रहरुमा बर्णन गरिने आराध्यदेव भगवान शिवको पूजा अर्चनामा बिशेष ख्याल गर्नुपर्ने पण्डितहरु बताउछन् ।

    महाशिवरात्रीमा भगवान शिवलाई प्रशन्न गर्न चाहने भक्तजनले पूजामा निम्न १० कुरा गर्न नहुने बिश्वास गरिन्छ :

    १.महाशिवरात्रिमा कालो रंगको बश्त्र धारण गर्नुहुदैन । भगवान शिवलाइ कालो रंग मन नपर्ने धर्म शास्त्रमा बर्णन गरिएको छ ।

    २.भगवान श‌िवलाइ सेतो फूल धेरै राम्रो लाग्छ तर केतकीको फूल सेतो भएपनि भोलेनाथलाइ मन नपर्ने हुनाले चढाउनु हुदैन ।
    ३. भगवान श‌िवको पूजा गर्दा शंखबाट जल अर्प‌ित गर्नु हुदैन ।
    ४ . भगवान श‌िवको पूजामा तुलसीको प्रयोग पनि वर्ज‌ित मानिन्छ ।
    ५ .शिवजीलाई पूजामा तिल नचढ़ाउन सिफारिस गरिएको छ । तिल भगवान व‌िष्‍णु भगवानको मैल बाट उत्पन्न भएको मानिन्छ ।

    ६ भगवान शिवलाई टूटेको चामल ( अक्षता ) पनि मन पर्दैन ।
    ७ .शिवरात्रिको दिन शिवलिंगमा नरिवलका पानी चढ़ाउन हुदैन । शिव प्रतिमामा नरिवल चढ़ाउन भने बर्जित छैन तर नरिवलकाे पानी निकाल्नु पर्दछ ।
    ८.हल्दी र कुमकुम उत्पत्तिको प्रतीक हो, त्यसैले पूजामा प्रयोग गर्नुहुन्न ।
    ९. बेल पत्र शिवजीको प्रिय हो । बेल पत्रको तीनै पात सद्दे हुनुपर्छ , च्यातिएको पात हुनुहुन्न ।
    १०.पूजामा प्रयोग गरिने फूल बासी र ओइलाएको नहोस् ।

    प्रतिकृया दिनुहोस्

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...