News Portal

  • ईश्वरपुरमा ५ दिने वृहत् ल्होसार साँस्कृतिक कार्यक्रम शुरु

    प्रेमनाथ पाैडेलसर्लाही, ११ फागुन
    ८७० पटक
    सर्लाही, ११ फागुन

    सर्लाहीको ईश्वरपुर नगरपालिका -४ सागरनाथमा ५ दिने वृहत् ल्होछार साँस्कृतिक कार्यक्रम सुरु भएको छ। सोनाम ल्होसारको प्रबर्द्धन हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने मुल नाराका साथ सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको सहयोगमा नेपाल तामाङ घेदुङ ईश्वरपुर नगर कमिटीद्वारा महोत्सबको आयोजना गरिएको हो।

    बिहीबार औपचारिक कार्यक्रम गरि ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाको प्रमुख आतिथ्यतामा शान्तिको दिप प्रज्वलन गरी महोत्सवको उद्घाटन गरिएको हो।
    महोत्सब उद्द्घाटन कार्यक्रममा नगरपालिकाकी उपमेयर एकावती चौधरी,नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य अर्जुन योञ्जन, नगरपालिकाका १५ वटै वडाका वडाध्यक्ष, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी योञ्जन, उपाध्यक्ष जयमान पाख्रिन, गुम्बाका अध्यक्ष, नेपाल आदिवासी जनजाति महाँ संघ जिल्ला समन्वय सितिका पूर्व अध्यक्ष हिराकाजी योञ्जन घेदुङका जिल्ला सदस्य इन्द्र बल, घेदुङका प्रमुख सल्लाहकार तथा समाजसेवी गंगालाल थिङ, नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटीका अध्यक्ष शशि बल तामाङ, नगर कमिटीकै सचिव अनि तामाङ सञ्चार समूह सर्लाहीका अध्यक्ष राजु लो तामाङ र पेमा छ्योइलिङ गुम्बाका अध्यक्ष शुभलाल बोम्जनको आतिथ्यता रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवकोटाले तराईमा रहेका तामाङसमुदाय ले आफ्नो जातिय भाषा र पहिचान हरु विर्सिदै गई रहेको अबस्था मा आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति लाई जोगाइ राख्न यस्तो कार्यक्रमले ठुलो भुमिका खेल्ने हुदा महोत्सब आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
    साथै कार्यक्रममा बोल्दै तामाङ लगायत सबै जात जातिको पहिचानको लागि आवश्याक साथ सहयोग रहने समेत बताउनु हुदै सागरनाथलाई पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले गुरु योजना बनाई काम अगाढी बढाएको धारणा राखेका थिए ।
    कार्यक्रममा महोत्सब आयोजक समिती ले स्थानीय तहमा निर्वाचित ईश्वरपुर नगरपालिकाका जन प्रतिनिधिहरुलाई कदरपत्र दोसल्ला अबिर माला लगायर सम्मान समेत गरेका थिए।
    फागुन १० गते देखि सुरु भएको महोत्सब १५ गते सम्म चल्ने कार्यक्रमका संयोजक सुनिल मोक्तानले बताए ।
    महोत्सवमा दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकार लगायत स्थानीय कलाकारको प्रस्तुति हेर्न र सुन्न सकिने र विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु खेल्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...