News Portal

  • मंगलाछेमा क्षयरोग सम्बन्धी कार्यक्रम सम्पन्न

    इभक्तपुर संवाददाताभक्तपुर, १८ फागुन
    १२४७ पटक
    भक्तपुर, १८ फागुन

    भक्तपुर नगरपालिका – ४ मंगलाछेमा क्षयरोग रोकथाम कार्यक्रम गरिएको छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले प्रभावित उक्त क्षेत्रका जनसमुदायलाई क्षयरोग रोकथाम कार्यक्रम गरिएको हो ।
    वडा नं. ४ का वडाध्यक्ष कुमार चौवालको विशेष उपस्थितिमा भएको उक्त कार्यक्रममा हालसम्म पुर्नस्थापन हुन नसकेका भूकम्प प्रभावित जनसमुदायका महिला, पुरुष तथा बालकालिकाहरुलाई क्षयरोगका लक्षण, निराकरण र रोकथामका बारेमा स्वास्थ्यकर्मी विश्वराम थापाले प्रशिक्षण दिए । सोही प्रशिक्षणको क्रममा क्षयरोग लाग्नु पूर्व गर्नुपर्ने विधि र रोग लागिसकेपछि त्यसको उपचार विधिलगायत क्षयरोगका बारेमा जनसमुदायलाई प्रष्ट पारिएको थियो ।
    नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडाध्यक्ष कुमार चौवालले कसैले पनि रोग लुकाउन नहुने बेलैमा रोग पत्ता लगाई रोगको उपचार गरेमा समयमै निको हुने बताए । उनले काम गरेर खानुपर्ने भएकाले समय समयमा खानेकुरा खाने, समयमा काम गर्ने, समय समयमा आफ्नो स्वास्थ्यका बारेमा पनि जाच गरिनुपर्ने जस्ता व्यावहारिक प्रशिक्षण पनि दिए । चौवालले जनसमुदायमा केही समस्या आएका समयमै समाधान गरिदिने प्रतिवद्धता व्यक्त गरे ।
    नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्ला शाखा भक्तपुरको आयोजनामा गरिएको सो कार्यक्रममा सहभागीलगायत प्रशिक्षक एवं सहयोगीहरुलाई संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै क्षयरोग सम्बन्धी कुनै पनि समस्या आएमा संस्थामा सम्पर्क गर्न अनुरोध गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...