News Portal

  • चैत पहिलो हप्ताभित्र पार्टी एकता हुने प्रचण्ड उद्घोष

    इभक्तपुर संवाददाताअछाम, १८ फागुन
    ८१० पटक
    अछाम, १८ फागुन

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन् । प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र र एमालेबीच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रष्ट पारे । अध्यक्ष प्रचण्डले अब दुई तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताए ।

    स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उनले अब देशले आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा सुरु गरिसकेको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...