News Portal

  • काठमाडौ उपत्यकामा मेघ गर्जन सहित हल्का वर्षा

    इभक्तपुर संवाददाता
    ७६६ पटक

    स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ ।  कहिँ कतै हल्का असिना पानी पनि परेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ ।

    पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ ।

    सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले  बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...