News Portal

  • भक्तपुर भूमिसुधार कार्यालयका सुब्बा घुस रकमसहित समातिए

    इभक्तपुर संवाददाताभक्तपुर, ९ चैत
    १२२३ पटक
    भक्तपुर, ९ चैत

    भूमिसुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । नायव सुब्बा कमल भुजेल आज अखियारको फन्दामा परेका हुन् ।
    चाँगुनारायण नगरपालिका वडा नं.- ८ मा रहेको एक जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस खाएका भुजेल लाइ अख्तियारको टोलीले रंगेहात समातेको हो । रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले उनलाई समातेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिएका छन ।

    भुजेल दश हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई ब्यासीमा रहेको कार्यालय परिसर भित्रबाट अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको अखियारको प्रवक्ता मैनालीले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...