News Portal

  • अगाडि एउटा पछाडि अर्कै नम्बर प्लेट भएको ट्रिपर भक्तपुरमा भेटियो

    इभक्तपुर संवाददाताभक्तपुर, २२ बैशाख
    १४५४ पटक
    भक्तपुर, २२ बैशाख

    दुर्घटनाको खतरा बोकेर गुड्ने भनेर आरोप लाग्ने गरेको ट्रिपरबारे अर्को तथ्य फेला फरेको छ ।

    भक्तपुरमा एउटा ट्रिपर दुइवटा नम्बर प्लेट राखेर गुडेको अवस्थामा फेला परेपछि प्रहरी नै परेशान बनेको छ ।

    मध्यपुर ठिमी नगरपालिकाको नयाँ ठिमी चोक नजिक बिहीवार चेक जाँचको क्रममा २ वटा नम्बरप्लेट राखेर गुडिरहेको टिपर फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ ।

    महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी साधन चेँकजाँच गर्ने क्रममा बा ४ ख ६१५६ नम्बर भएको ट्रिपर रोकी चेकजाँच गर्दा पछाडी तर्फको नम्बर प्लेटमा बा ४ ख ६१५३ नम्बर उल्लेख भएको पाईएको थियो ।

    प्रहरीले उक्त टिपर चालक सिन्धुपाल्चोक जिल्ला जलबिरे – ५ बस्ने बर्ष २२ को गणेश श्रेष्‍ठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी महानगरीय ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौ पठाईएको जानकारी गराएको छ ।

    एउटा ट्रिपरमा किन २ वटा नम्बर प्लेट राखिएको भन्ने बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...