News Portal

  • श्रीमान् साउदी जेलमा,श्रीमान् छुटाउन ६५ लाख ‘ब्लडमनी’ जुटाउन हार गुहार गर्दै मनिका(भिडियो )

    रोल्पाका दिल बहादुरलाई गर्यो साउदी उच्च अदालतले ६५ लाख ब्लडमनीको फैसला

    लक्ष्मण रसाइली बैशाख २४
    १२१३ पटक
    बैशाख २४

    पछिल्लो समय बैदेशिक रोजगारीले धेरै जसो प्रवासका क्षेत्रहरुमा नेपालीले दुख पाउने गरेका छन् ।  कोहि आफ्नै कम्पनीबाट ठगिएका छन् भने कोहि निर्दोष हुँदाहुँदै पनि विभिन्न किसिमका सजाय भोग्नु परेको छ । घरका अमूल्य सपना बोकेर बिदेशिएका प्राय: युवाहरु विभिन्न् पीडाबाट पिल्सिएका छन् । सबैभन्दा बढी युवाहरु खाडी मुलुकमा पीडाका सिकार बनिरहेका छन् ।  त्यस्तै क्रममा आफ्नो अपार सपना बोकेर बिदेशिएका रोल्पा नगरपालिका १० थवाङ्गका ३० बर्षिय दिल बहादुर घर्तिमगर बिगत २ बर्ष देखि साउदी अरबमा सवारी दुर्घटना गराई मान्छे मारेको अभियोगमा जेलजीवन बिताईरहेका छन् । काठमाडौँमा रहेको डिस्ट्नि ओभरसिज प्रालि बाट साउदी अरबको  ‘माजिद अल दियावाही कन्स्ट्रक्सन इस्ट रियाद’  कम्पनीमा पुगेका घर्ती अहिले साउदी अरबको कालकोठरी जेलमा जीवन बिताई रहेका छन्।

    कसरी  परेका थिए घर्ति जेल ?

    दिलबहादुर खासमा डोजर, स्काभेटर  चालक हुन् तर उनलाई साउदीमा ट्रक चलाउन भनियो तर  ट्रक चलाउन दिईएको थियो। स्क्याभेटर चलाउन बनेका हातहरुले ट्रक चलाई रहेका थिए । अनि दिलबहादुर नेपालबाट गएको जम्मा ३ महिना भएको थियो र उनी स्काभेटरको ड्राईभर भनेर गए पनि उनले ट्रक चलाई रहेका थिए । त्यस्तै क्रममा उनलाई एकदिन नसोचेको भयो । उनि ट्रकमा लोड लिएर जादै थिए एक्कासि उनको गाडिको पछाडी एकजना साउदी नागरिकको गाडि ठोक्कियो र  साउदी नागरिकको मृत्यु भयो । अनि उनलाई जेल हालियो ।

    साउदी गएको तीन महिना मात्र भएको थियो । उनको ट्रक चलाउने लाइसेन्स कम्पनीले बनाइ दिएको पनि थिएन । दिलबहादुरले काम गर्न पाउने ‘वर्क परमिट’ पनि पाएका थिएनन् । कम्पनीले उनलाई तीन महिना सम्म गैरकानुनी हैसियतमा काम गराईरहेको थियो  । अनि उनलाई  भिराइदियो एउटा थोत्रो ट्रक । त्यसको परिणाम,पीडामा परे दिलबहादुर ।

    जेलमा परेका उनलाई त्यहाँको  अदालतले दुई लाख पच्चीस हजार (साउदी रियाल )अर्थात करिब ६५ लाख नेपाली रुपैयाँ ‘ब्लड मनी’  दिए मृत्युदण्ड नहुने फैसला गर्यो । साउदीमा ज्यान मारेको अभियोग लागेकालाई मृतकका परिवारले ब्लडमनी लिएर आममाफी दिन सक्ने व्यवस्था छ ।

    कम्पनीको लापरबाहीले फसेका दिलबहादुर

    साउदी अरबको रियादमा रहेको   ‘माजिद अल दियावाही कन्स्ट्रक्सन इस्ट रियाद’ नामको कम्पनीले दिलबहादुरलाई नेपालबाट लिएर मात्र गयो र हातमा एउटा ट्रक चलाउन जिम्मा मात्र दियो  ।  उनको ट्रक चलाउने इजाजत पत्र केहि पनि  थिएन । लाइसेन्स तथा इजाजत नभएका दिलबहादुरलाई ट्रकमा हात पनि बसेको थिएन । उनी त नेपालबाट स्काभेटरको चालक बनेर गएका थिए , ट्रक चलाउने क्रममा  २०७३ जेठ ३१ गते ‘ओतिक विन दिगफा’ नामको साउदी  नागरिकको गाडीले पछाडिबाट ठक्कर दिँदा दुर्घटनामै उनको ज्यान गयो ।

    त्यसपछि दिलबहादुरलाई साउदी प्रहरीले लिएर गयो । त्यसबेला उनको कतै सम्पर्क हुन् पाएन । हातमा लाइसेन्स थिएन, काम गर्ने ‘वर्क परमिट’थिएन ।  दिलबहादुरलाई हत्याको अभियोग लाग्यो, उनलाई  समस्याको जंगलमा फसायो कम्पनीले , र त्यहाँको  अदालतले मृतकको परिवारसँग छलफल गरेर नेपाली रु.६५ लाख रुपैयाँ ब्लडमनी तिरे मृत्युदण्ड नदिइने फैसला गर्यो ।  यति बेलासम्म रोल्पामा रहेको घर्तीको परिवारमा ठूलै दुखको ब्यथा फैलीसकेको  थियो ।

    साउदीको रियादको स्थानीय अदालतले ब्लडमनीको फैसला गरिसकेपछि उनले काम गर्ने कम्पनीका मुदिर (अधिकारी)हरु उनलाई भेट्न जेल आए ।र, दिलबहादुरलाई भेटे र भने  ‘हामीले तिम्रो ब्लडमनीको पैसा तिरीसक्यौं,अब  यसमा तिमीले सही गर्यौ भने तिमी तीन दिनमा घर जान पाउँछौ’ भनेर पासपोर्ट र नक्कली टिकट ल्याएर दिए । र दिल बहादुरलाई अरबीमा लेखेको कागजमा उनले खुसी भएर सही गरि दिए र टिकट अनि पासपोर्ट लिए । तर त्यहाँ ‘म दिलबहादुर  घर्ती आफ्नै  खुसीमा ट्रक चलाएको हुँ र यो दुर्घटनाको जिम्मेवार पनि म एक्लै हुँ’यो सबै जिम्मेवार म मात्र छु ” भन्ने रहेछ । त्यो  अरबी कागजमा भएको व्यहोरा  उनलाई  थाँहा भएन । भाषालाई हतियार बनाएर कम्पनीले उनीमाथि अर्को पाप र ठूलो खेल खेलेर आफू उम्कियो,अनि दिल बहादुरको जीवनमा फेरी बज्रपात पर्यो ।

    दिल बहादुरको स्थानिय अदालतले फैसला गरे संगै  उनको उद्दारको लागि चालिएका कदम र उनकी श्रीमतीको दौड धुप ,

    दिल बहादुर घर्तीमगरकी श्रीमती मनिका घर्ती मगरलाई श्रीमान् जेल परेको थाहा पाएपछि सहन नसक्नु पिडा भयो । उनलाई घरमा बसिनसक्नु भयो । जेल परेर पनि कम्पनीले दिल बहादुरलाई फसाई सके पछि थाहा भएको थियो मनिकालाई,त्यसपछि उनी श्रीमान् श्रीमतीको फोनमा कुरा भयो ,उनले जुन ब्लड  मनीको कुरा सुनिन् अनि छाँगाबाट झरे जस्ती भईन्,कमाउन गएका श्रीमानको यो अबस्था र त्यो खबर सुन्दा उनको सोच्ने अबस्था नै रहेन र उनी स -साना छोरा र छोरीलाई काखमा च्यापेर राजधानी आइन् ,मेन पावर तथा अन्य सहयोगी निकायबाट साथ लिन उनी काठमाडौँ आईपुगिन् ।

    काठमाडौँ आएर उनले साबै कुरा बास्तबिक बुझिन्, साउदी अदालतको पत्र समेत उनको हातमा पर्यो अनि उनी हत्तासीइन् ,उनलाई के कसरि गर्ने भन्ने पनि थाहा थिएन। भावबिह्वल हुदै उनी भन्छिन् “जेठमा उहाँ जेल पर्नु भो, उहाँलाई छुटाउन भनेर भनसुनको लागि म ०७३ सालको मंसिर अहिले सम्म यो तीन वर्षको छोरा साथमा लिएर भाैतारिइरहेकी छु । कैयौं नेताहरुलाई भेटे,  कैयौं मन्त्रीका खुट्टा ढोगें।’

    ‘त्यतिबेला हाम्रै गाउँठाँउका नेताहरु ठूला पदमा थिए ।  ओनसरी घर्ती  सभामुख हुनुहुन्थ्यो, कृष्ण बहादुर महरा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो, बर्षमान पुन हाम्रै हाम्रै नजिक कै दाइ पर्नुहुन्छ’ उनले भनिन्,‘कैयौं चक्कर सिंहदरबारमा लगाएँ, नेताहरुको निवासमा लगाए,  तर जता गए पनि आश्वाशन मात्र आयो तर साथ कतै पाउन सकिन।’उनले भनिन् ।

    उनी देशका प्रमुख ढोकाहरुमा अपिलको लागि पुगी सकेकी छिन् तर जता पनि उनको लागि आश्वासन मात्र आए । त्यस्तै  साउदीस्थित नेपाली दूतावासका प्रथम सचिव बिजय रावतले उनका श्रीमान  दिलबहादुरको मुद्दा एक जना पाकिस्तानी वकिल मार्फत पुनरावेदन गराउन सफल भए ।र, उनले बिभिन्न ढोका धाउदै गर्दा दिल बहादुर घर्ती बचाउ अभियान पनि सुरु भएको थियो ।

    रोल्पा जलजला सेवा समाज काठमाडौँका अध्यक्ष बसन्त रोकाको संयोजकत्वमा ३१ सदस्यीय उद्दार समिति गठन गरिएको थियो  ।र , उता साउदीमा पनि मुद्दा पुनराबेदन भै सकेको थियो । बाँकि उच्च अदालतको फैसला थियो । त्यतिञ्जेल सम्म उद्दार समितिले  साढे पाँच लाख जति रकम संकलन गरिसकेको थियो  ।

     

    र बाँकी पैसा पनि उठ्ने क्रम जारी नै थियो  तर दिलबहादुरको मुद्दा त्यहाँको उच्च अदालतमा पुनरावेदन गरेपछि अर्को फैसला हुन सक्ने भन्दै अभियान रोक्न दूतावासले आग्रह गर्यो र त्यो अभियान केहि समयका लागि रोकियो  ।

    पुनरावेदनको मुद्दा लम्बियो । पुनरावेदनको केस चलिरहँदा उनी जहाँ जहाँ सहयोग माग्न गइन् त्यहाँ मुद्दा चलिरहेको र सकिएपछि निर्णय अनुसार केही गरौंला भन्ने जवाफ पाइन् मनिकाले । त्यो संगै मुद्दा पुनराबेदन हुदै गर्छ भन्दै उनी पुन : बच्चा च्यापेर गाँउ फ़र्कीइन।

    घर्ति परिवारको अबस्था र उद्दारको लागि पहल

    दिल बहादुरको घरमा बुढा बा आमा र भाइहरु त छन्  नै तर त्यहि गरिबता संगै मेहनत गरेर  खाने परिवार कै मान्छे हुन् ,घरबाट उनलाई तोकेको ब्लड मनीको सम्भाबना कहिँ कतैबाट पनि पुग्ने देखिदैंन । पहाडको फेदमा रहेको सानो घर र भीरालो जग्गा बेचेर ६५ लाख जुटाउन सम्भाबना त हुने कुरा नै भएन । दिल  बहादुरका घरमा स साना छोरा साईन्स  घर्ती र छोरी नमुना घर्ती छन् जसलाई अहिले मनिकाले आफ्नो दिदीको साथमा छोडेर पुन :श्रीमानको उद्दारको लागि काठमाडौँ आईपुगेकी छिन।

    साउदी पुनराबेदन अदालतले अहिले त्यही दुइ लाख पच्चिस हजार साउदी रियलको नै फैसला गरेको छर उनि गत बर्ष देखि सकी न सकी आशुका धारा बगाउदै आफ्ना श्रीमानको जिबनको गुहार मागी रहेकी छिन।

    नेपाली राजदुताबास साउदीले विभिन्न कुटनैतिक तरिकाले पहल गर्दा पनि पीडित पक्ष नरम नभएपछि अन्ततः साउदी उच्च अदालतले पुरानो फैसलालाई नै सदर गरेको छ । गत फागुन बीस गतेको फैसलाले दिलबहादुरले पुरानै स्थानीय अदालतले गरेको फैसला अनुसार नै २ लाख २५  हजार रियल (करिब ६५ लाख नेपाली रुपैयाँ) ब्लडमनी तिर्नुपर्ने छ ।

    र मुद्दा पुनराबेदन भाई फैसलाको  जानकारी पाए पछि मनिकाले दूतावास मार्फत आवश्यक कागज पत्र मगाईन् । र उनी अहिले फेरि राजधानीमा फर्किएकी छिन् । दिलबहादुरको मुद्दा एकजना पाकिस्तानी वकिलले लडेका थिए । अरबीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा‘ट्रान्स्लेट’ गरिएका कागजहरुमा प्रष्ट र बुझिने भाषा छैन तर आधिकारिक भएकोले त्यसले कुनै समस्या पार्ने छैन ।

    त्यस्तै क्रममा अहिले पनि मनिका सम्बन्धित सबै निकायमा सहयोगको अपिल लिएर पुग्ने गरेकी छिन् साथै अब साउदी अदालतले गरेको अन्तिम फैसला हो ,ब्लडमनी नबुझाउञ्जेल सम्म दिल बहादुरलाई आजीवन कैदी बन्नेछन्।

    त्यसैले अहिले फेरी उप रास्ट्रपति पुत्र,युबा नेता एवम् समाजसेवी दिपेश पुनको संयोजकत्वमा दिल बहादुर घर्ति उद्दार समिति गठन गरिएको छ ।र, अब सबैको स सानो सहयोग कुरीरहेको बताऊदै मनिका ले रुदै पिडा थपिन”श्रीमानलाई साउदी उच्च अदालतले फैसला गरि सक्यो,नेपाली झन्डै ६५ लाख । यति धेरै रकम कहाँबाट जुटाउन्,गत बर्षको अभियानमा उठेको साढे ५ लाख छ भने अझै ६०  लाख आबश्यक छ त्यसैले देश तथा बिदेशमा रहने सहयोगी मन सबैले आ आफ्नो सक्दो सहयोग गरेर साथ दिन दिल बहादुर घर्ति उद्दार समितिले अनुरोध गरेको छ ।

    “ब्लडमनीको अभावमा विदेशी जेलमा मृत्यु कुरिरहेकाहरुलाई सरकारले पैसा जुटाइदिने भनेर त्यतिबेलाको प्रधानमन्त्री प्रचण्डले भाषण गरेको सुनेर म वहाँलाई भेट्न गएकी थिएँ तर कर्मचारीहरुले त्यो भाषण मात्र भएको र लागू नभएको भनेर फर्काईदिए ।” मनिकाले आँशु पुछ्दै भनिन् ।

    (दिलबहादुरलाई स्वदेश फर्काउन आवश्यक पर्ने ब्लडमनि संकलन सहयोगको लागि रास्ट्रीय बाणिज्य वैंकमा ११९००२६७४६१०(उद्दार समितिकिको सामुहिक)  र ११९००२६६१८१०(मनिका बुढा मगर ) नम्बरको खाता खोलिएको छ । सहयोगी मनहरुले खातामा रकम जम्मा गरेर सहयोग गर्नसक्नु हुनेछ ।)

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...