News Portal

  • सस्तो सामाग्रीलाई महंगोमा बेचेको भन्दै भाटभाटेनी सुपर मार्केटमा सातोजाने आक्रमण

    इभक्तपुर संवाददाताचितवन, ३० वैशाख
    ८३७ पटक
    चितवन, ३० वैशाख

    चितनवको नारायणगढस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार विहानै बम विस्फोट भएको छ । बिहान करिब पौने ४ बजेको समयमा भयानक आवाजसहित बम विस्फोट भएकोको स्थानीयवासीले बताएका छन् ।

    बम विष्फोटबाट भाटभटेनीको एक तिरको पुरै भाग ध्वस्त भएको छ । एकाबिहानै बम कसले र किन हानेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले ठुलो बम विष्फोट गराइएको नभएर ग्रिनेट हानिएको हुनसक्ने बताएका छन् ।

    प्रहरीले “सिसि टिभी” फुटेजको रेकर्डका आधारमा विष्फोट गराउने व्यक्तिको पहिचान गरेर खोजी कार्य जारी राखिएको जनाएको छ ।

    विवादित व्यवसायी मिनबहादुर गुरुङको सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र सस्तो सामाग्रीलाई महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...