News Portal

  • नलगाडका विद्यार्थीहरुलाई २ दिने अन्तरक्रियात्मक प्रशिक्षण

    नेपालवाल संवाददाताजाजरकोट, जेठ १५
    ८४८ पटक
    जाजरकोट, जेठ १५

    नलगाड नगरपालिका जाजरकोटमा नगर स्तरीय अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नलगाड नगरपालिकाको आर्थिक सहयोग र जित स्मृति प्रतिष्ठान जाजरकोटको आयोजनामा सो कार्यक्रम भएको थियो ।

    नलगाड नगरपालिका भरिका विद्यालयका २८ जना छात्र र छात्रा लाई समाबेश गराएर अन्तक्रियात्मक प्रशिक्षण दिइएको थियो । शैक्षिक गुणस्तर र बिद्यार्थीहरुको ब्यक्तित्व बिकासका लागि प्रतिष्ठानले गरेको सो कार्यक्रममा नलगाड नगरपालिका प्रमुख टेक बहादुर रावलको प्रमुख अतिथ्यता रहेको थियो भने अतिथिमा उप-प्रमुख बालकुमारी बस्नेत र नगर प्रवक्ता राममाया हमाल रहेका थिए ।

    सो प्रशिक्षण कार्यक्रम संचालनमा जित स्मृति प्रतिष्ठान कि अध्यक्ष सम्झना रोका मगर रहेकी थिइन् भने प्रशिक्षण चन्द्र बहादुर पुनले दिएका थिए । उपस्थित भएका २८ जना बिद्यार्थीहरुलाई अन्तरक्रिया तथा शैक्षिक अवस्था र विभिन्न बिषयमा प्रशिक्षण दिईएको थियो।

    नगरपालिकाकाका बिभिन्न विद्यालयबाट सो कार्यक्रममा आएका विद्यार्थीहरुलाई स्कुल ब्याग सहित शैक्षिक सामाग्रीहरु बितरण गरिएको प्रतिष्ठानको अध्यक्ष सम्झना रोकाबाट जानकारी प्राप्त भएको छ  ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...