News Portal

  • डाेल्पाका सरकारी तथा गैर सरकारी कार्यालयमा शौचालय सरसफाईको अबस्था कमजोर

    रामचन्द्र न्याैपाने,डाेल्पा जेठ, २३
    १५१२ पटक
    जेठ, २३

    डाेल्पा जिल्लाकाे सदरमुकाम दुनैमा रहेका सरकारी तथा गैर सरकारि कार्यालयका अधिकांस शाैचालयहरुमा सरसफाइकाे अवस्था कमजाेर देखियकाे छ ।
    सरसफाई सप्ताहकाे दाेस्राे दिन जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति डाेल्पाले अनुगमणकाे क्रममा यस्ताे अवस्था फेला पारेकाे हाे ।

    सरसफाईकाे अवस्था कम्जाेर हुने सरकारी कार्यालयहरुमा जिल्ला हुलाक कार्यालय, जिल्ला स्वास्थ कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय हवलदार जवान प्रयाेग गर्ने, जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय,सरस्वती मावि दुनै, घरेलु तथा साना उध्याेग कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला प्राविधिक कार्यालय, लगायतका कार्यालयमा शाैचालयकाे स्वच्छकर अवस्था कमजाेर रहेकाे अनुगमन टाेलीले जनाएको छ।

    ‌गैर सरकारी कार्यालयमा अपाङ्ग सेवा समितिकाे शाैचालयकाे अवस्था पनि कमजाेर पाईएकाे छ ।
    सरसफाइकाे अवस्था मध्यम रहेका कार्यालयहरु जिल्ला महिला तथा बालबालिका कार्यालय, शिक्षा बिकास तथा समन्वय इकाइ, जिल्ला बन कार्यालय, नेपाल टेलिकम,ठुलाेभेरी नपा वडा नं १-३ कार्यालय, सिचाइ सव डिभिजन कार्यालय, नापी कार्यालय, काेष तथा लेखा नियन्त्र कार्यालय, जल उत्पन्न, पशु सेवा, बिधुत कार्यालय, नेपाल बैङ्क लिमिटेड, सरकारी वकिल कार्यालय, जिल्ला अायुर्वेद कार्यालय, रहेका छन ।
    गैर सरकारी संस्थाहरुमा केप्टा, रेडियाे डाेल्पा, किर्डाक नेपाल, दुनै बाेर्डिङ स्कुल, सेडा नेपाल, डाेल्पा सर्बाङगिन बिकास समाज, सिटिजन्स बैङ्क अादि रहेका छन।
    यस प्रकृतिकाे शाैचालयमा सरसफाइ सामाग्रिकाे उपलब्धा कमि भएकाे पाइएकाे थियाे ।
    तर शाैचालयमा सरसफाइकाे अवस्था राम्राे भएका कार्यालय भने सबैभन्दा कम रहेका छन । स्वच्छकर शाैचालय प्रयाेग गरिरहेका कार्यालयहरुमा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समित, जिल्ला अदालत, जिल्ला मालपाेत कार्यालय, निर्वाचन कार्यालय, नेपाल खाध्य संस्थान, रहेका छन । भने गैर सरकारी कार्यालयमा नेपाल रेडक्रस साेसाइटी, अार अार एन, रहेका छन ।

    सरसफाइकाे अवस्था कम्जाेर भएका कार्यालयले पानीकाे उपलब्धता नभएकाे कारण शाैचालयकाे अवस्था बिग्रेकाे बताएका थिए ।

    तीन कार्यालयमा मात्र महिनावारी स्वच्छता मैत्री शैचालय भएकाे पाईएकाे छ ।

    अनुगमण गरिएका ४९ कार्यालय मध्यय महिनावारि स्वच्छता मैत्रि शाैचालय ३ वटा कार्यालयमा रहेकाे पाइएकाे हाे।
    जसमा नेपाल रेडक्रस साेसाइटी, नेपाल ग्रामिण पुर्ननिर्माण संस्था अार अार एन र खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय मात्र रहेका छन ।

    जिल्लामा सरकारि तथा गैर सरकारी कार्यालयकाे स्वच्छकर शाैचालय प्रयाेगकाे अवस्था खस्किदाे रहेकाे र यसकाे सुधार गर्न कार्यालयहरुले याेजना बनाउनु पर्ने खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका निमित्त प्रमुख केवल खतिवडाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...