News Portal

  • समृद्ध प्रदेश निर्माणका लागि नागरीक सचेत हुनुपर्ने र खबरदारी गर्नुपर्ने निष्कर्ष

    प्रेमनाथ पाैडेलसर्लाही, १५ असार
    १२४९ पटक
    सर्लाही, १५ असार

    देश संघियतामा गए पनि प्रदेशका नागरिकले संघियताको महशुस गर्न नपाएको बक्ताहरुले बताएका छ्न ।
    सर्लाहीको हरिवनमा शुक्रबार भएको एक कार्यक्रमका वक्ताहरुले समृद्ध प्रदेश निर्माणका लागि नागरीक सचेत हुनु पर्ने र खबरदारी गर्नु पर्ने बताएका हुन् ।

    पर्साको विरगंजमा रहेको सत्याग्रहले आयोजना गरेको प्रदेश नम्बर २ मा नागरीक निगरानी सम्वाद कार्यक्रमका वक्ताहरुले आ आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

    देशमा अहिले निर्वाचित जनप्रतिनिधीहरुले कानूनी राज्यको उपहास गरेको र नागरीकको चाहनालाई उपेक्षा गरेको उनीहरुले बताएका छन् ।

    प्रदेश नम्बर २ विविधतायुक्त प्रदेश भएको भए पनि केही शक्तिमा रहेका व्यक्तिहरुले एक आपसमा जातीय विभेदपूर्ण भ्रम फैलाएर आफु आफुमै फुटाउने काम भएकोले अब नागरीक सचेत नहुने हो भने २ नम्बर प्रदेशको विकास र समृद्धि सम्भव नहुने भन्दै बक्ताहरुले त्यसको लागि स्थानीय तहका जनप्रतिनिधीहरुलाई विकासको काममा घचघच्याउन र उनीहरुको गतिविधिको निगरानी गर्न नागरीकहरु पछि पर्न नहुने बताएका हुन् ।

    कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेको उक्त सम्बाद कार्यक्रममा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, कान्तिपुर ईन्टीच्यूटका विनेश कार्की, नागरीक समाजका रजनीकान्त झा, भवानी कोईराला, समाजसेवी टम बहादुर घिसिङ्ग, पत्रकार रोशन न्यौपाने लगायतले आ आफ्नो धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...