News Portal

  • हनुमन्तेले फेरि भक्तपुरको बस्तीमा बनायो ताल : बालबच्चाको बिजोग,सरकार रमिते

    नेपालवाल संवाददाताकाठमाडौं, २० साउन
    ३११० पटक
    काठमाडौं, २० साउन

    शनिवार रातीको अविरल बर्षाका कारण हनुमन्ते खोलामा बाढी आएको छ । आइतवार बिहानैबाट खोला आसपासका बस्तीमा बाढी पसेपछि जनजीवन कष्टकर बनेको छ ।

    खोेलाको जग्गा अतिक्रमण भएर साँघुरो भएपछि पानीको बहाव बाहिर निस्किएर वस्तीमा पसेको पाइएको छ । जगाती , सूर्यविनायक,सल्लाघारी , सृजनानगर , राधेराथे , ठिमी लगायतका क्षेत्रमा बाढी पसेपछि मानिसहरु चिन्तित बनेका छन् ।

    यस अघि असार २९ मा पनि पसेको बाढीको कहर भुल्न नपाउदै हनुमन्ते खोलाले फेरि स्थानीयको सातो लिएको छ । मानिसहरु घरमा पसेको पानी कसरी निकाल्ने भन्ने ध्याउन्नमा लागेका छन् ।

    पानी पसेपछि केहि विद्यालयहरु समेत बन्द भएका छन । विद्यालयमै पानी पसेपछि सरसामान त् नष्ट हुने नै भयो बालबच्चाहरु डराएर बिजोग भएको शिक्षक राम दुवाल बताउँछन् ।

    जनताको जीउ धनप्रति केन्द्र सरकार मात्र नभई स्थानीय सरकार समेत जिम्मेवार हुन नसकेको स्थानीय राजु झाको आरोप रहेको छ । पटक पटक बस्तीमा पानी पसेपनि सरकारी निकायहरु कानमा तेल हालेर बस्दा आफूहरुको चित्कार उनीहरुले सुन्न नसकेको भन्दै स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन् । पानी पर्ना साथ् निदाउन नसक्ने अवस्थाको अन्त्य गर्दै हनुमन्ते खोलाको दीर्घकालिन समाधान खोज्नुपर्ने उनीहरुले माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...