News Portal

  • लोकमानसिंह कार्कीले तत्कालीन प्रधानन्यायाधीशलाई १० करोड ‘गोडधुवा’ दिन खोजेको खुलासा

    काठमाडौं, २६ साउन
    १०६८ पटक
    काठमाडौं, २६ साउन

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो।

    ‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे! अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ,’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो।’

    पुस्तकको यो प्रसंगले ठूला मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ। प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकसचाहिँ लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन्।

    अख्तियार प्रमुख आयुक्त हुन ‘लोकमानसिंह कार्कीको योग्यता पुग्दैन, उनी अयोग्य हुन्’ भनेर मुद्दा परेको थियो । जनआन्दोलन दबाउने काममा पनि सक्रिय भएकाले उनलाई अयोग्य भनिएको थियो। तर, न्यायाधीश गोपाल पराजुलीलगायतको इजलासले उनलाई चोख्याइदिएपछि यसमा पुनरावेदन परेको थियो।

    तत्कालीन प्रधानन्यायाधीश सुशीलाले यो मुद्दालाई निस्सा दिएर पुनरावलोकनमा पठाएकी थिइन्। लोकमानको अयोग्यतामाथि फेरि बहस हुन लागेको र उनलाई महाभियोग लगाउनुपर्ने भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीको नेतृत्वमा आन्दोलन सुरु भइसकेको थियो। त्यो बेलादेखि नै लोकमानले प्रधानन्यायाधीशलाई आफ्नो प्रभावमा पार्न अनेक ‘तिकडम’ गर्न थालेको पुस्तकमा उल्लेख छ।

    सुशीलाको ठाडो स्वभावका कारण लोकमानलाई धेरै डर रहेकाले उनले दिदीको नाता लगाउन प्रयास गरेको घटनाक्रमलाई समेत सुवेदीले पुस्तकमा उल्लेख गरेका छन्। ‘सुशीलालाई यो मुद्दाबाट कसरी हटाउने भनेर सोच्दा नाता–सम्बन्ध कायम गराउने उपाय खोजेछन्,’ सुवेदी लेख्छन्, ‘आफ्नो नातामा पर्नेको मुद्दा ती न्यायाधीशले हेर्न पाउँदैनन्। लोकमान र सुशीला दुवै विराटनगरका कार्की। लोकमानले यही फेरो समाएर सुशीलालाई ‘दिदी’ नाता लगाउन खोजे।’

    सुशीलालाई दिदी बनाउन आफूलाई लोकमानले भिनाजुको नाता लगाएर ओसो तपोवनमा ढोग्न खोजेको प्रसंगसमेत सुवेदीले पुस्तकमा उल्लेख गरेका छन्। उनको पुस्तकमा लेखिएको छ, ‘एकपटक म कांग्रेसका एक नेतासँग आनन्द अरुणको ओसो तपोवन गएको थिएँ। त्यहाँ लोकमान पनि रहेछन्। उनले मेरा अगाडि आएर टाउको निहु-याए। मलाई त एकछिन के गरौं, कसो गरौं जस्तो भयो। न उनी मेरो सालो, न हाम्रोमा त्यसरी टाउको निहु-याउने चलन। तैपनि, कसैले टाउको झुकाइसकेपछि आशीर्वाद त दिनुप-यो । मैले उनको टाउकोमा हात राखिदिएँ।’ सुवेदी अघि लेख्छन्, ‘पछि थाहा भयो, त्यसबेला लोकमानसँग सहमति गराउन भनेर मलाई तपोवन लगिएको रहेछ।’

    यसअघि लोकमान एकपटक आफन्त जम्मा गरेर सुशीलाको घर विराटनगरसमेत पुगेको जानकारी पुस्तकले दिएको छ। ‘सुशीलाका भाइलाई सँगै लिएर उनले ८५ वर्षीया आमाका खुट्टा समाएछन्,’ पुस्तकमा लेखिएको छ, ‘त्यसपछि प्रधानन्यायाधीश सुशीला कार्कीकी आमाले लोकमानलाई आशीर्वाद दिनुभयो भनेर हल्ला चलाइयो।’ पुस्तकअनुसार, आमालाई विराटनगरमा भेटरे फर्केपछि सुशीलालाई भेट्ने भनेर भाइलाई समेत लिएर लोकमानको टोली प्रधानन्यायाधीश निवास गेटमा गाडी राखेर भित्र छि¥यो । सुशीलाजीकै भाइलाई देखेपछि ड्युटीमा रहेका सैनिकले पनि सहजै उनीहरुलाई प्रवेश दिए।

    सुवेदी लेख्छन्, ‘मैले देखिहालें। तुरुन्तै तल झरेर त्यो टोलीलाई कम्पाउन्डमै रोकें । उनीहरु भित्र छिरेको भए के हुन्थ्यो भन्ने मलाई थाहा थियो।’ मैले घरभित्र जान नदिएपछि उनीहरुले ‘लोकमानजीले दिदीको गोडा धोएको पानी खाने भनेकाले हामी त्यही कामका लागि आएका हौं’ भने। मलाई अचम्म लाग्यो,’ ‘पुस्तकमा लेखिएको छ, ‘टोली (लोकमानको) मा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे! अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ।’ सुवेदीले लेखेअनुसार, सैनिकले लोकमानको टोलीलाई बाहिर निकालिदिए । चाँदीको खड्कुलो र १० करोड रुपैयाँ गोडधुवासहित उनीहरु त्यहाँबाट फर्किए।

    पछि एउटा भेटमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री (हाल नेकपा अध्यक्ष) पुष्पकमल दाहालले सुशीलालाई ‘त्यत्रो १० करोड पठाउँदा किन नलिएको?’ भनेर सोधेको प्रसंग पुस्तकमा उल्लेख छ । ‘त्यहाँ झन्डै झगडा प¥यो,’ सुवेदीले लेखेका छन्, ‘एक कार्यक्रममा बोल्दा सुशीलाले प्रचण्ड (दाहाल) ले यसरी १० करोड रुपैयाँ पठाए र किन नलिएको भनेर मलाई सोधे भनेर भनिदिइन्। त्यसपछि चाहिँ प्रचण्डले हैट! यिनले त बाहिर बोलिदिने रहेछिन् भनेर उहाँलाई भेट्न र केही भन्नै छोडे।’

    अदालतमा मुद्दा चलिरहेकै बेला एमाले र माओवादीका केही सांसदले लोकमानविरुद्ध ३ कात्तिक २०७३ मा संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी स्वतः निलम्बनमा परे। त्यसमा छलफल चलिरहेकै बेला २४ पुस २०७३ मा सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले लोकमानलाई अयोग्य ठहर गरेको थियो। नागरिक दैनिक

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...