News Portal

  • मनिप्लान्टमा नयाँ नेतृत्व : समृद्धिले मात्र सुख नहुने भन्दै सामाजिक न्याय सोच्न मन्त्रीको सुझाव

    नेपालवाल संवाददाताकाठमाडौ, २१ असोज
    २५९५ पटक
    काठमाडौ, २१ असोज

    मिनभवनस्थित मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९ औं साधारण सभा सम्पन्न गरेको छ । शनिवार बबरमहलस्थित एक ब्याङक्वेट्मा साधारण सभा सम्पन्न भएको हो ।

    सभामा प्रमुख अतिथिको रुपमा उपस्थित शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मनिप्लान्ट्को प्रगतिप्रति प्रसंशा प्रकट गर्दै अवको समय आर्थिक समृद्धिको भएको र यसमा सहकारीको महत्वपूर्ण भुमिका हुने बताएका थिए । उनले समृद्धिको कुरा गरिरहदा कोरा समृद्धिबाट मात्र समाज अघि बढ्न नसक्ने पनि जिकिर गरे । सामाजिक न्यायमा आधारित समृद्धि बाट मात्र समाज अघि जान सक्ने भन्दै मन्त्री पोखरेलले ब्यक्तिबाट समूहको बारेमा सोच्न बनेको सहकारीले समुह हुँदै पुरै समाज र रास्ट्रको बारेमासमेत सोच्नुपर्नेमा जोड दिएका थिए ।

    उक्त अवसरमा उनले आफूले शिक्षालाई बिज्ञान र प्रविधि संग जोड्न खोजेको खुलासा गर्दै जिवनोपयोगी शिक्षाको बिषय आगामी शैक्षिक सत्रबाट लागू हुने र शिक्षामा सरकारले केही गरेन भन्नेहरुको मुखमा यसले बुझो लगाइदिने समेत दावी गरे । “शिक्षालाई सीप संग, शीपलाइ श्रम संग, श्रमलाई उत्पादन संग, उत्पादनलाई समृद्धिसंग जोड्ने हो भने समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन्छ । हामी त्यसमा अहोरात्र खटिरहेका छौ ।” मन्त्री पोखरेलले भने ।

    उक्त अवसरमा उनले विभिन्न बिधामा उत्कृष्ट हुने शेयर सदस्य र तिनका सन्ततीहरुलाइ पुरस्कार बितरण समेत गरेका थिए । सस्थाका अध्यक्ष सुदर्शन पराजुलीको अध्यक्षतामा संचालित कार्यक्रममा लालिगुरास बाटिका विद्यालयका विद्यार्थीहरुले आकर्षक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने कार्यक्रम सन्चालन सस्थाका प्रवन्धक ओम बस्नेतले गरेका थिए ।

    साधारण सभाले अर्को कार्यकालको लागि समेत सुदर्शन पराजुलीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको मनिप्लान्ट्का सदस्य सुरेश न्यौपानेले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...