News Portal

  • पेन्सनको रकमबाट अक्षयकोष

    दिपायल, २० मंसिर
    ८५४ पटक
    दिपायल, २० मंसिर

    दिपायल सिलगढी नगरपालिका वडा नं. ६ निवासी धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा १ लाख २५ हजार रुपयाँको अक्षयकोष स्थापना गरेकी छन् । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गर्नेे उदेश्यले अक्षयकोष स्थापना गरिएको हो ।

    ‘जहाँ इच्छा त्यहाँ शिक्षा’ भने झै आफूले आफ्ना स्वर्गीय पतिको नेपाली भाषा र साहित्यको उन्नयन चाहने  इच्छा पूरा गर्ने उदेश्यले त्रिभुवन विश्वविद्यालयबाट पाएको पेन्सनबाट केही रकम बचत गरी  पुरस्कार स्थापना गरेको धनकुमारीले बताइन् ।

    नगरपालिका प्रमुख मञ्जू मलासीको प्रमुख आतिथ्यमा स्थानीय बुद्धिजीवी, समाजसेवी र क्याम्पस परिवारका साथै जोशीका परिवारजनको उपस्थितिमा डोटी क्याम्पसमा आयोजित एक समारोहमा धनकुमारी जोशीद्वारा क्याम्पस प्रमुख कृष्णबहादुर कठायतलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको थियो । सहायक क्याम्पस प्रमुख अर्जुन देउवाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा उपस्थित सबैलाई नेपाली विभागका प्रमुख सहप्राध्यापक खेमराज पनेरूले स्वागत गरेका थिए ।

    क्याम्पस प्रमुख कठायतद्वारा अक्षयकोषका संस्थापक धनकुमारी जोशीका साथै उनका परिवारजनलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । धनकुमारी तथा गोपालप्रसाद जोशीकी पुत्री त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसकी उपप्राध्यापक दिव्येश्वरी जोशीले अक्षयकोष स्थापनाको उद्देश्य प्रष्ट पार्दै अक्षयकोषको व्याजबाट दिइने ‘गोपालप्रसाद स्मृति पुरस्कार’ ले विद्यार्थीमा नेपाली विषयप्रति रुचि जगाउनुका साथै भाषा र साहित्यको उन्नयनमा योगदान पुग्ने बताइन् । उनले आफ्ना पिताप्रतिको श्रद्धाभाव र मातृभूमिप्रतिको स्नेह प्रकट गर्दा समारोह भावुक बनेको थियो ।

    स्थानीय समाजसेवी तथा बुद्धिजीवी प्रेमशङ्कर भट्ट र भेषराज जोशीले स्व.गोपालप्रसाद जोशी (गोपाल गुरुजी) को व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।

    सादा जीवन र उच्च विचारका धनी गोपाल गुरुजी धार्मिक आस्था र आध्यात्मिक विचारका शिक्षाप्रेमी र समाजसेवी व्यक्ति थिए । उनले शैलेश्वरीको विकासका लागि महत्त्वपूर्ण योगदान दिएका थिए । उनकै सक्रियतामा गीता पुस्तकालयको स्थापना भएको थियो । डोटी क्याम्पसको स्थापना कालमा उनको योगदान महत्त्वपूर्ण रहेको थियो । उनी डोटी क्षेत्रका एक उज्ज्वल नक्षत्र थिए । संस्कृत भाषाका ज्ञाता जोशीद्वारा अनूदित विभिन्न पुस्तक तथा पत्रपत्रिकामा प्रकाशित लेखहरू ज्ञानार्जनका लागि उपयोगी रहेका छन् । सधैं अध्ययन र अनुशीलनमा तल्लीन रहने र अरूलाई पनि त्यस मार्गमा प्रेरित गर्ने उनको व्यक्तित्व सदैव स्मरणीय र उदाहरणीय रहेको कुरा वक्ताहरूले स्मरण गरेका थिए ।

    दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जू मलासीले गोपाल गुरुजीको सादा जीवन र सरल व्यवहारबाट आफू प्रभावित भएको उल्लेख गर्दै गुरुजी मात्र नभएर शिक्षाको महत्त्व बुझेकी गुरुआमा पनि समाजलाई बाटो देखाउने अभिभावकका रूपमा रहेको बताइन् । क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले २०२० सालदेखि लगभग चार दशकसम्म अनवरत प्राध्यापन सेवा गरेका गुरुको ज्ञान गरिमाले सिञ्चित दक्ष जनशक्ति आज देशका विभिन्न क्षेत्रमा स्थापित भएका छन् भन्दै गुरुजीको विचार र भावनाको कदर गरेर क्याम्पसले उनलाई प्रेरणा स्रोतका रूपमा सदैव स्मरण गरिरहने बताए । कठायतले गुरुजीको स्मृतिमा अक्षयकोष स्थापना गर्ने उनकी धर्मपत्नीमा रहेको पतिप्रतिको श्रद्धाभाव मात्र नभइ शिक्षाप्रेम पनि भएको भन्दै प्रशंसा प्रकट गरेका थिए ।

    पेन्सनको रकमबाट अक्षयकोष स्थापना गरेकी धनकुमारीका परिवारजन उनको कामबाट प्रेरणा मिलेको बताउँछन् । ‘ पिताजी पनि जीवनभर शिक्षाको उन्नयनमा लाग्नुभयो, आमाको यो उमेरमा पनि शिक्षामा योगदान गर्ने उदेश्यले हामी अत्यन्तै हर्षित छाैं।” उनका पुत्र जनार्दन जोशीले नेपालवालसंग भने ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ...

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...