सर्लाहीको जंगलमा एक व्यक्ति दिनदहाडै लुटिएका छन । बैंकबाट दश लाख नगद लिएर निस्किएका सहकारी संस्थाका अध्यक्ष दिनदहाडै फिल्मी शैलीमा लुटिएका हुन् ।
ईश्वरपुर-१३, श्रीनगरमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट नगद लुटिएको हो । समुहमा रहेका लुटेराहरुले सर्लाहीको बाँके जङ्गलमा उनलाई पेस्तोल देखाएर दश लाख लुटेका हुन् ।
हिजो दिउँसो करीव साढे १ बजेतिर नेपाल इन्भेष्टमेन्ट बैङ्क लालबन्दीबाट पैसा लिएर श्रीनगरस्थित सहकारी तर्फ जादै गर्दा राजमार्गबाट दक्षिण तर्फ करीव २ किमिको दुरीमा पुगेपछि २ मोटरसाइकल चढेर आएका ४ जना लुटेराको समुहले उनलाई हातपात गरि पेस्तोल देखाएर पैसाको ब्याग बोकी फरार भएको पिडित महतोले प्रहरीलाई जानकारी गराएका छन ।
लुटपाटको खबर पाए लगत्तै ब्यापक प्रहरी परिचालन गरिएको भएपनि लुटेराहरु पत्ता लाग्न सकेका छैनन् । सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल आफै घटनास्थल पुगि अनुसन्धान तिब्र गरेको प्रहरीले जानकारी दिएको छ । केहि बर्ष अघि लुटेराहरुको बिगबिगी भएको यो क्षेत्रमा पछिल्लो बर्षमा केहि राहत महसुस भए पनि यो लुटपाटको घटनासंगै मानिसहरु फेरि त्रसित बनेका छन ।