News Portal

  • देशका हजारौ बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा अवसर

    नेपालवाल संवाददाताकाठमाडौँ,१ पुस
    १३६८ पटक
    काठमाडौँ,१ पुस

    देशका हजारौ बेरोजगार युवालाई लक्षित गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सीपमुलक तालीम दिने भएको छ । कृषिप्रधान देश भएर पनि युवाहरु बेरोजगार बन्नुपरेपछि मन्त्रालयले कृषि उद्यम तालीमको योजना ल्याएको हो ।

    कृषि मार्फत रोजगारी सृजना गर्ने उदेश्यले मन्त्रालयले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका- २०७५ समेत स्वीकृत गरिसकेको मन्त्री चक्रपाणी खनाल बलदेबको सचिवालयले बताएको छ ।

    निर्देशिका स्वीकृत भएसंगै मन्त्रालयले हजारौ बेरोजगार युवाहरुलाई आवाशीय सुबिधा सहित तालिम दिने तयारी गरेको र यसको लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षतामा गठित समितिले बेरोजगार युवा छनोट गरी तालिम दिने बताइएको छ ।

    खेती र पशुपालनसंग सम्बन्धित दुई दर्जन तालिमहरु संचालन गर्न लागिएको र त्यसको लागि छिट्टै आवेदन खोल्ने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...