News Portal

  • बिबादित बनेपछि परीक्षा नियन्त्रक मन्त्रालय तानिए

    ९०१ पटक

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा(कक्षा१०)को परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । यस अघि नियन्त्रक रहेका सहसचिव विष्णुप्रसाद अधिकारीलाई मन्त्रालय तानेर उनको स्थानमा उपसचिव रामराज खकुलेललाई नियन्त्रकको जिम्मेवारी दिइएको हो ।

    पछिल्लो दिनमा एसइइको पुरक परीक्षाका विषयलाई लिएर परीक्षा नियन्त्रक अधिकारी असन्तुष्ट देखिन्थे । उनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पत्रै लेखेर आफू नियन्त्रकबाट हट्न चाहेको बताएका थिए ।

    अधिकारीले नियन्त्रकको जिम्मेवारीबाट बाहिरिन लिखितरुपमा इच्छा व्यक्त गरेपछि शिक्षक सेवा आयोगमा कार्यरत खकुरेललाई नयाँ नियन्त्रकको जिम्मेवारी दिइएको हो । पनिकाबाट दामोदर आचार्यलाई खकुरेलको स्थानमा शिक्षक सेवा आयोगमा लगिएको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसइइ ) को ग्रेड वृद्धि सम्बन्धी परीक्षाको विषयलाई लिएर अधिकारी बिबादित बनेका थिए । नियम कानुनको धज्जी उड़ाउने गरि ग्रेड वृद्धि सम्बन्धी सूचना प्रकाशित भएपछि उक्त सूचना संशोधन गर्न मन्त्रालयले निर्देशन दिनुपरेको थियो ।

    अक्षराङ्कन पद्धतीको कार्यविधि र मर्म विपरित राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षासम्बन्धी सूचना प्रकाशित गरेपछि सूचना सच्याउन बोर्ड बाध्य बनेको थियो । बोर्डले आफ्नो ग्रेडमा चित्त नबुझेका बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको लागि सूचना जारी गर्दै समय तालिका समेत सार्वजनिक गरेको थियो ।

    पुरानै मौका परीक्षाको झल्को दिने गरि बोर्डले पहिलो सूचना प्रकाशित गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुशरण गर्न खोजेको परीक्षा प्रणालीमाथि नीतिगत प्रश्न उठेको थियो । मन्त्रालयले अक्षराङ्कन पद्धतीको कार्यविधिमा सबै विषयमा ग्रेड वृद्धिको अवसर उपलब्ध गराउने व्यवस्था भएपनि दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर दिइएपछि सूचना संशोधन गर्न बोर्ड बाध्य बनेको थियो । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रक अधिकारीकै प्रस्ताव अनुमोदन गर्दा निर्णय बिबादित बन्न पुगेको जिकिर गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...