News Portal

  • चाँगुस्थित इन्जिनियरिङ कलेजमा निरजको नेतृत्वमा राजपाका विद्यार्थीले बनाए नयाँ कमिटि

    भक्तपुर, २३ साउन
    ९८९ पटक
    भक्तपुर, २३ साउन

    भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा राष्ट्रिय विद्यार्थी संघको दोश्रो एकाइ अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय विद्यार्थी संघ राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन हो ।

    अधिवेशनबाट उक्त कलेजमा अध्ययनरत निरज यादवको नेतृत्वमा २१ सदस्यीय नयाँ एकाइ कमिटि गठन गरिएको छ। कार्यसमितिको उपाध्यक्षमा रोसन यादव, सचिवमा दिपक यादव, सह-सचिवमा कंचन चौधरी र कोषाध्यक्षमा आशिष यादव चुनिएका छन् ।

    त्यसैगरी सदस्यहरुमा रुपेश कुमार चौधरी, जन्दिन यादव, कृष्णा दास, रमन मण्डल, सुसान्त देव, आनन्द मण्डल सहित २१ सदस्य रहेको एकाइ कमिटि गठन गरिएको संघका केन्द्रिय महासचिव रंजित निस्पक्षले भक्तपुर पोस्टलाई जानकारी गराए ।

    दिपेश झाको अध्यक्षतामा सुरु भएको उक्त अधिवेशनको प्रमुख अतिथि राष्ट्रिय विद्यार्थी संघको केन्द्रिय अध्यक्ष चिरञ्जीवी यादव रहेका थिए भने बिशिस्ट अतिथिको रुपमा संघका महासचिव रंजित निस्पक्ष उपस्थित रहेका थिए । कार्यक्रममा संघको कसमस ईन्जिनियरिङ कलेजका एकाइ अध्यक्ष पुरुषोत्तम साह र विभिन्न विद्यार्थी संघ-संगठनको नेपाल इन्जिनियरिङ कलेज एकाइ कमिटिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको राष्ट्रिय विद्यार्थी संघले जनाएको छ ।

    उक्त अवसरमा केन्द्रिय नेताहरुले विद्यार्थी आन्दोलनको अवस्था र राष्ट्रिय विद्यार्थी संघको भूमिकाबारे बोलेका थिए । उनीहरुले नव गठित एकाइ कमिटिले संघको गरिमा बढाउने कार्य गर्ने विस्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...