News Portal

  • राधे राधेस्थित होटलमा प्रहरीको छापा, ५ जना पक्राउ

    भक्तपुर, २६ साउन
    १८५६ पटक
    भक्तपुर, २६ साउन

    मध्यपुर ठिमी-९ राधे राधेस्थित एक होटलमा प्रहरीले छापा हान्दा ५ जना पक्राउ परेका छन् । तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    हरी बहादुर रानाभाटले संचालन गरेको शुभकामना होटेलबाट उनीहरुलाई आइतवार बेलुकी करीब साढे पाँच बजेको समयमा प्रहरीले पक्रेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद तीस हजार छ सय चालिस रुपैया र ६ बुक तास सहित ५ जनालाई पक्राउ गरेको परिसरका डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराएका हुन् ।

    पोखरेलका अनुसार पक्राउ परेका सबैजनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी आवस्यक अनुसन्धान कार्य भईरहेको छ ।

    यसैबीच महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएका २० जना प्रहरीको टोलीले गाँजाका बोटहरु नष्ट गरेको छ । सूर्यविनायक-७ गुन्डु नयाँबस्तीको सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफै उम्रेका अन्दाजी चार हजार दुई सय गाँजाका बोटहरु आइतवार बेलुकी नष्ट गरिएको डीएसपी पोखरेलले बताएका छन् ।

    उक्त स्थानबाट ९५ लिटर घरेलु मदिरा समेत नियन्त्रणमा लिई स्थानीय भद्रभलादमीको रोहबरमा नष्ट गरिएको उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...