News Portal

  • भावी प्रधानमन्त्रीबारे प्रधानमन्त्री ओली निकट मानिने सांसद बस्नेतले गरे नयाँ खुलासा

    भक्तपुर, २८ साउन
    १३४९ पटक
    भक्तपुर, २८ साउन

    प्रधानमन्त्री केपी ओली निकट मानिने नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद महेश बस्नेतले सम्भावित प्रधानमन्त्रीबारे नयाँ खुलासा गरेका छन् । सांसद बस्नेतले नेकपाका प्रभावशाली नेता बामदेव गौतम प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् ।

    पत्रकार ऋषि धमलाको ‘जनता जान्न चाहन्छन’ नामक टेलिभिजन कार्यक्रममा सांसद बस्नेतले बामदेव गौतम प्रधानमन्त्री पदको लागि योग्य रहेको जिकिर गरे । नेकपाका अन्य शीर्ष नेताहरु प्रधानमन्त्री बनिसकेकाले अब गौतम प्रधानमन्त्री बन्ने पालो भएको नेकपाका केन्द्रिय सदस्य समेत रहेका नेता बस्नेतको दावी छ ।

    सत्तारुढ नेकपा भित्र भावी प्रधानमन्त्रीको विषयले बेलाबखत तरंग ल्याउने गर्दछ । पार्टी एकता हुँदा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको कुरा सार्वजनिक भैसकेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भारत भ्रमणको क्रममा अर्का अध्यक्ष प्रचण्डले पत्रकार ऋषि धमलाको ‘जनता जान्न चाहन्छन’ कार्यक्रम मार्फत सहमती सार्वजनिक गरेपछि त्यसले राजनीतिमा ठूलो अर्थ राख्दै आएको देखिन्छ भने सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले यस अघि नै आफू पदमा आसक्त नभएको अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्योपचार गराउन गएको मौकामा नेकपामा शिर्ष नेताहरुले उनका बिरुद्ध गुटबन्दी गरेका खबर चलिरहेको बेलामा प्रधानमन्त्री ओली निकट मानिने सांसद बस्नेतको बामदेवलाई मन्त्री बनाइनुपर्ने अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्योपचार गराएर सोमबार स्वदेश फिर्ता भएका छन् । सोमबार पूर्व मन्त्री समेत रहेका
    बस्नेतको अभिव्यक्ति बाहिरिनु र प्रधानमन्त्री ओलीलाई स्वागत गर्न नेकपाका नेता बामदेव गौतम बिमानस्थलमा देखिनु संयोग मात्र नभई नेकपा भित्रको सत्ताको खेल हुनसक्ने अनुमान गर्न सकिन्छ ।

    सांसद नरहेका गौतमलाई यस अघि प्रधानमन्त्री ओलीकै असन्तुष्टिका कारण सांसदको हल्ला चलाएर डिमोरलाइज गरिएको चर्चा हुने गरेको थियो । नेकपाका शक्तिशाली अध्यक्ष ओलीको साथ् पाएमा उनलाई सांसद हुन र प्रधानमन्त्री बन्न कसैले रोक्न सक्ने सामर्थ्य भने देखिदैन । गौतमको प्रस्ताव आएमा अर्का अध्यक्ष प्रचण्डलाई अस्वीकार गर्न नैतिक संकट आइपर्न सक्छ किनभने गौतम प्रचण्डका विश्वासपात्र पनि हुन् ।

    नेकपाका अध्यक्ष प्रचण्ड निकट एक नेताले भने गौतमको नाम अघि सारेर सहमती लम्ब्याउने अथवा आफ्नो पक्षमा माहोल बनाउने प्रधानमन्त्री ओलीको योजना हुन सक्ने आसंका व्यक्त गरे । उनले पार्टीमा यो विषयमा कुनै कुरा नचलेको भक्तपुर पोस्टलाई बताए ।

    प्रतिकृया दिनुहोस्

    सैनिक स्कूल पछाडी लागेको लागो नियन्त्रणमा

    भक्तपुरको सल्लाघारीस्थित सैनिक स्कूल पछाडी लागेको आगो नियन्त्रणमा आएको छ ।बेलुकी अचानक लागेको आगो नियन्त्रणमा...

    न्यौपानेका कृतिहरूमा साहित्यिक पत्रकार संघको परिचर्चा

    काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको...

    भक्तपुरमा पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका ३७ मध्ये ७ मात्र सिफारिस

    नेपाल पत्रकार महासंघले देशव्यापीरुपमा चलाएको सदस्यता शुद्धीकरण अभियानको प्रभाव भक्तपुर शाखामा पनि परेको छ ।...

    ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्ला

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बन्न बाटो खुलेको छ...

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...