News Portal

  • महानगरीय प्रहरी परिसर भक्तपुरले शुरु गर्यो विद्युतीय हाजिरी

    भक्तपुर, २८ साउन
    २८२१ पटक
    भक्तपुर, २८ साउन

    महानगरीय प्रहरी परिसर भक्तपुरले विद्युतीय हाजिरी शुरु गरेको छ । मंगलवारबाट परिसरमा प्रविधिमैत्री विद्युतीय हाजिरी शुरु भएको हो ।

    परिसरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले मंगलवार विद्युतीय यन्त्रमा विद्युतीय हस्ताक्षर गर्दै विद्युतीय हाजिरीको शुभारम्भ गरेका हुन् । दूर दराजका कार्यालयहरुमा समेत धेरै पहिले विद्युतीय हाजिरी प्रणाली लागू भएपनि महानगरीय प्रहरी परिसर भक्तपुरमा भने यसलाई लागू गर्ने श्रेय परिसर प्रमुख सविन प्रधानको पोल्टामा परेको छ ।

    प्रहरी संगठनको लागि समयको ठूलो महत्व भएकोले विद्युतीय हाजिरी प्रयोगमा ल्याइएको परिसरले जनाएको छ । समयमा कार्यालय नआउने, पूरा समय काम नगर्ने अथवा उपस्थित नभएर पनि अर्को दिन हाजिर गर्ने जस्ता प्रवित्तिलाई यसले अन्त्य गर्ने परिसरका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले प्रष्ट पारे ।

    महानगरी प्रहरी परिसर भक्तपुरमा २ सय ३३ जनाको दरबन्दी रहेको छ जसमा हाल उपलब्ध जनशक्ति भने १ सय ६४ मात्र रहेको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए । नयाँ हाजिरी प्रणालीले प्रहरी कर्मचारीलाई समयप्रति थप अलर्ट बनाउने उनले बताए ।

    नयाँ हजिरी प्रणाली शुरु भए संगै परिसरका प्रहरी कर्मचारीसमेत उत्साहित भएका छन् । समयको अनुसरण गर्न नसक्ने व्यक्ति प्रहरी हुन नसक्ने बताउदै एक प्रहरी जवानले इ -हाजिरीले आफूहरुको सहि मूल्यांकन हुने विस्वास व्यक्त गरे ।

    विद्युतीय हाजिरी प्रणाली अनलाइनमा आधारीत हाजिरी प्रणाली हो । यसले उपस्थिति, विदा र पे रोल बारे सहि रेकर्ड राख्नुका साथै हाजिर गर्ने व्यक्तिको व्यक्तिगत सूचना केन्द्रित समेत गर्दछ । फिंगर प्रिन्टको माध्यमबाट यसमा उपस्थिति जनाउने प्रचलन रहेको छ ।

    विक्रम सम्बत २०७१ सालको चैतमा तत्कालिन मूख्य सचिवले विद्युतीय हाजिरी लागू गर्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएपछि सरकारी कार्यालयहरुमा यसको शुरुवात भएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकी सिडिओ श्रेष्ठले मागिन् सुझाव

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठले पत्रकारसंग सुझाव मागेकी छन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रण...

    गठ्ठाघरमा ‘अगेनो सेकुवा घर’

    ageno sekuwa ghar

    सेकुवाको पारखीहरुका लागि अब भक्तपुरमै स्वादिलो सेकुवा घर खुलेको छ । मासुको परिकार मध्यपुर थिमि–३,...

    कमल बुढाको नेतृत्वमा क्रान्तिकारी प्रेस संगठन

    पत्रकार कमल बुढाको नेतृत्वमा ‘क्रान्तिकारी प्रेस संगठन’ गठन  गरिएको छ । क्रान्तिकारी पत्रकार महासंघ र...

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका...

    पूर्वराजा शाहलाई भक्तपुरमा भब्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भब्य स्वागत भएको छ । आइतवार दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी...