News Portal

  • बार्बाडोसले ७० हजार डलरमा किनेको सन्दिपलाई अमेरिकाले भिषा दिएन : स्तब्ध भए सन्दिप

    भक्तपुर, २८ साउन
    ९१४ पटक
    भक्तपुर, २८ साउन

    अपडेट : चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । दुतावासले भिसा अस्वीकार गरेको तीन घन्टामै फेरि बोलाएर भिसा प्रदान गरेको हो । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट गरेपछि लगत्तै ‘रिभ्यू’ गर्न भन्दै दूतावासले बोलाएर भिसा दिएको हो ।

    नेपाली क्रिकेटका हस्ती क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको छ । अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको सन्दिप स्वयमले सार्वजनिक गरेका हुन ।

    उनी ४ सेप्टेम्बर देखि क्यारेबियन प्रिमियर लिग खेल्न जानुपर्ने भएकोले भिसा आवेदन दिएका थिए तर दुतावासले भिषा नदिएपछि उनी अप्ठ्यारोमा परेका छन् । उनले आफूलाई भिषा नदिईएकोमा आश्चर्य लागेको समेत बताएका छन् ।

    सन्दिपले आफ्नो ट्वीटर मार्फत प्रधानमन्त्री र अमेरिकी राजदूतावास लाई मेन्सन गर्दै भनेका छन् -“म आज क्यारेबियन प्रिमियर लिग २०१९ को लागि अमेरिकाको भिसाको लागि गएको थिए। राष्ट्रिय क्रिकेटरको रुपमा देशको प्रतिनिधित्व गर्दै म २०१६ देखि विश्वभर खेलीरहेको छु। म आस्चर्यचकित छु कि मेरो भिसा रिजेक्ट गरिएको छ।”

    यस्तै अर्को ट्वीटमा सन्दिपले आफु स्तब्ध भएको लेखेका छन् – “सबै डकुमेन्ट पुरा गरेपछि पछि पनि यस्तो हुँदा म स्तब्ध र आस्चर्यचकित भएको छु र म मुस्कुराईरहेको थिए। मलाई अब क्यारेबियन प्रिमियर लिगमा सहभागी हुन् मुस्किल हुनेछ” सन्दिपले लेखेका छन्।

    क्यारेबियन प्रिमियर लिगको खेलहरु अमेरिकामा पनि हुने बताईएको छ। यस्तै बार्बाडोस अमेरिका हुँदै जाने हुँदा उनलाई अमेरिकी भिसा चाहिएको हो ।

    २०१६ अन्डर-१९ विश्वकप देखि नेपाली टिमको लागि खेलीरहेका सन्दिपले नेपालको लागि र बिभिन्न क्रिकेट लिग खेल्न अस्ट्रेलिया, वेस्टइन्डिज, बेलायत, नेदरल्याण्ड, हंगकंग, क्यानडा, पाकिस्तान, युएई जस्ता धेरै देशहरु गइसकेका छन्। यो क्रममा सन्दिपले आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।

    यसै साता क्यानडामा सम्पन्न ग्लोबल टि-२० मा टोरोन्टो नेसनल्सको लागि खेलेर फर्किएका सन्दिपले क्यारेबियन लिगमा बार्बाडोस ट्रिडेन्टसबाट खेल्दै छन्। सन्दिपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्। बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ।

    सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठमा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो।

     

    हेर्नुस् उनका केहि ट्वीट

    Sandeep Lamichhane

    @IamSandeep25

    Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

    251 people are talking about this

    Sandeep Lamichhane

    @IamSandeep25

    Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

    Sandeep Lamichhane

    @IamSandeep25

    I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal

     

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...