केही विषय संशोधन गर्नेगरी राष्ट्रिय शिक्षा नीति पारित

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । केही विषयमा प्रधानमन्त्रीको असहमति रहेका कारण त्यसलाई परिमार्जन गर्नेगरी बुधवार नै नीति पारित गरिएको जनाइएको छ । सोमवार बैठकमा पालो नआएपछि पारित हुन नसकेको राष्ट्रिय शिक्षा नीति बुधवार पारित भएको हो । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको थियो । समयक्रमसँगै भएका राजनितिक, सामाजिक परिवर्तन र त्यसवाट राष्ट्रिय विकासमा परेका प्रभावहरू अनुरूप शिक्षा क्षेत्रको विकास र शासन प्रवन्धको लागि पनि स्वभावैले शिक्षा नीतिको परिमार्जन आवश्यक भएको भन्दै राजनीतिक परिवर्तनसँगै जारी भएको नेपालको संविधानमा व्यवस्था भएका शिक्षा सम्वन्धी मौलिक हक र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूमा समाविष्ट विषयको प्रभावकारी कार्यान्वयन गर्न पनि नीतिगत मार्गदर्शन आवश्यक रहेको र त्यसको लागि शिक्षा नीति जरुरी रहेकोले ल्याउनुपरेको सरकारको जिकिर छ । राज्य पुनःसंरचनासँगै शासकीय संरचनामा भएको परीवर्तन अनुरूप शासन … Continue reading केही विषय संशोधन गर्नेगरी राष्ट्रिय शिक्षा नीति पारित