News Portal

  • सगरमाथामा ध्रुवको रहस्मय मृत्यु भयो : परिवार

    भक्तपुर, १२ भदौ
    ११६५ पटक
    भक्तपुर, १२ भदौ

    सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापरबाही गर्दा बिष्टको मृत्यु भएको आरोप लगाउँदै उजूरी गर्ने बताएको हो ।

    मृत्यु भएको खबर पनि समयमा नदिइएको र एजेन्सीहरुको लापरवाहीले गर्दा विष्टको निधन भएको परिवारको दाबी छ ।

    पत्रकार सम्मेलनमा ध्रुवकी दिदी उषाले रुँदै भनिन्, “मेरो भाईको निधन राज्यको निकाय देखि पर्यटन क्षेत्रको लापरबाहीका कारण रहस्यमय तरिकाले भएकाले निष्पक्ष छानविन हुनुपर्छ ।” उनी ठमेलमा स्थित हिमालयन ट्रेकबाट आफ्नो विदेशी साथिसँग सगरमाथा अरोहणमा गएका थिए । सगरमाथा आरोहणको क्रममा २०७६ जेष्ठ १० गते निधन भएको थियो । नेश्नल गाईड बिष्टको मृत्यु प्राकृतिक प्रकोपको कारण नभई रहस्यमय भएको परिवारजनहरुको भनाई छ ।

    ठमेलस्थित हिमालयन स्व्रिmट ट्रेकबाट विष्टलाई पनि सगरमाथा आरोहण गराउने भनेर लगेको परिवारले बताएको छ । तर, ७८०० मि. फिट मा उनलाई छोडेर शेर्पा गाइर्डको साथमा विदेशी साथीलाई मात्र आरोहण गर्न लगिएको थियो । दिदीले भनेकी छिन्, “फर्किने क्रममा १०० मि. अगाडि भएको विष्टको साथीले ध्रुवलाई लडेको देखेर उद्धार टिमलाई सम्पर्क गर्दा उनीहरुले पहिला बेवास्ता गरेको र पछि दुर्घटना स्थलमा पुग्दा विष्टको अक्सिन सम्म नभएको बुझियो ।”

    पोस्टमार्टम रिपोर्टमा हाई अल्टर सिक्नेसको कारण मृत्यु भएको बताइएको परिवारले जानकारी दियो । विष्टले गत वर्ष मात्र ८००० मि.फिट आरोहण गरेर आएका थिए । १२ वर्षको अनुभव बटुलेर विभिन्न आरोहणमा संलग्न भएका स्व. विष्ट लडेर मर्यो भन्ने कुरा परिवारजनहरुलाई स्वीकार गर्न कठिन भएको दखिन्छ । विष्ट इन्टरनेस्नल माउटेन गाईडको प्रमाणपत्र प्राप्त गर्ने क्रममा थिए ।

    गाइड बिष्ट सुदूरपश्चिमका स्थायी बासिन्दा हुन् । बिष्टको २२ वर्षकी श्रीमती र १६ महिनाको बच्चा छ । रुकुमको सिस्ने हिमाल आरोहण गर्ने पहिलो टिममा बिष्ट पनि एक थिए । मुस्ताङमा सञ्चालन भएको स्केटिंगमा पनि बिष्टको योगदान रहेको छ । उनकी दिदी उषा विष्ट पनि हिमाल आरोही हुन् ।

    आरोहणको अनुभवी उषाको पदयात्रालाई पछ्याउँदै भाई ध्रुव विष्टले यस क्षेत्रमा प्रवेश गरेका थिए ।
    सरकारले पर्यटकहरुद्धारा आरोहण अनुमतिका लागि प्रति व्यक्ति दस देखि बीस हजार डलर लिने गरेको छ भने एक आरोहणवापत् पर्यटकले नै गाईडलाई एक हजार डलर दिने गरेको छ । यदि शेर्पा गाईडको निधन भएमा सरकारले पन्ध्र लाख मृतकको परिवारलाई दिन्छ । कार्यक्रममा ध्रुबका दाजु कुमार विष्टले पनि आफ्नो भाईको मृत्यु रहस्यमयी भएकोले यथाशक्य चाँडो छानबिन हुनुपर्ने माग गरे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...