News Portal

  • नेपालको सच्चा कम्युनिष्ट पार्टी नेमकिपा हो – प्रजापति

    भक्तपुर, २० भदौ
    १९९० पटक
    भक्तपुर, २० भदौ

    भक्तपुर नगरपालिकाका प्रमुख समेत रहेका नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको जिकिर गरेका छन् । नेमकिपा संख्याले सानो पार्टी भए पनि विचार र सिद्धान्तमा अडिग नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको उनको भनाइ छ ।

    शुक्रवार नेमकिपा निकट नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा भक्तपुरमा भएको एक भेलालाई सम्बोधन गर्दै नेता प्रजापतिले पार्टीको नजिकिदै गरेको महाधिवेशनको तयारीबारे समेत बोलेका थिए । आगामी २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा हुने सातौ महाधिवेशन सफल पार्न उनले प्राध्यापक तथा कर्मचारीहरुको ससक्त सहयोगको अपेक्षा समेत गरे ।

    महाधिवेशन समाजवादी प्रचार अभियानकै सिलसिला भएको भन्दै उनले भक्तपुरमा आफ्नो नेतृत्वमा नगरपालिकाले गरेका कामहरुको फेहरिस्त समेत सुनाए ।

    नगर प्रमुख प्रजापतिले पछिल्लो समय सल्लाघारीस्थित १०८ रोपनी जग्गा अतिक्रमणबाट रोक्न नगरपालिकाले पर्खाल निर्माण र सडक–पेटी व्यवस्थित गर्ने कार्यहरु गर्दै आएको र भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको लगायतका कामबारे जानकारी गराए ।

    कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापक तथा कर्मचारीहरु पार्टीको महाधिवेशनको लागि अगाडि सारिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय विचारमा प्रस्ट हुनुपर्नेमा जोड दिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता रोक्न नगरपालिकाले चालेको कदममा केही राजनीतिक पार्टीहरुले भक्तपुर काण्ड दोहोर्याउने र पार्टी नै समाप्त गरिदिनेजस्ता धम्की र टिप्पणी गर्नुमा गहिरो षड्यन्त्रको गन्ध आएकोले सचेत हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइका अध्यक्ष सुजन माकले असोज ३, ४ र ५ गते हुने पार्टीको महाधिवेशनमा प्राध्यापक–कर्मचारीहरुको तर्फबाट नैतिक, भौतिक र आर्थिक सहयोगको लागि आफूहरु तयार रहेको प्रष्ट पार्दै महाधिवेशन सफल पार्न पार्टी निर्देशनको पालन गरेर अघि बढ्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...