News Portal

  • नेकपा भक्तपुरका सचिव ढकालको पुस्तकमाथि परिचर्चा : ज्ञानको भण्डार भएको भनाई

    काठमाडौ, ९ असोज
    २०३८ पटक
    काठमाडौ, ९ असोज

    नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बारे परिचर्चा भएको छ । राजधानीमा बुधवार उक्त पुस्तकमाथि परिचर्चा भएको हो ।

    मार्क्सबादी दृष्टिकोणले काठमाडौको नेपाल ल क्याम्पसको सभा हलमा आयोजना गरेको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ढकालको पुस्तकमाथि चर्चा गर्न पूर्वमन्त्री समेत रहेका सांसद एवं नेकपाका नेता राम कार्की प्रमुख बक्ताका रुपमा उपस्थित थिए । बौद्धिक बामपन्थी नेता कार्कीले ढकालको पुस्तक पूँजीवाद र समाजवाद बुझ्न चाहने विद्यार्थीका लागि राम्रो ज्ञानको भण्डार रहेको बताए । उनले वर्ग संघर्ष र जनयुद्धको विश्वविद्यालयका विद्यार्थी ढकालको पुस्तक आफैमा एक उत्कृस्ट पुस्तक भएको भनेका थिए ।

    ‘औपचारीक शिक्षा प्राप्त विद्वान लेखकहरुको पुस्तकलाई टक्कर दिनेगरी ढकालले पुस्तक प्रकाशन गर्नु भनेको गरे सम्भव छ भन्ने उदाहरण पनि हो ।” उनले भने । लेखकको रुपमा आफ्ना निर्णयहरु अथवा तर्कहरु गर्न लेखक डराएका कारण पुस्तक क्रान्तिकारीतामा कमजोर देखिएको भन्दै उनले आगामी प्रकाशनमा लेखकमा परिपक्वता आउने र उनको तर्क क्षमता थप मजबुद बन्ने बिस्वास व्यक्त गरे ।

    उक्त अवसरमा नेता कार्कीले अर्थ व्यवस्थालाई डोहोर्याउने मूल कुरा राजनीति नै भएकोले राजनीति सुद्रीढ नभई अर्थतन्त्र सुद्रीढ नहुने जिकिर गरे । समाजवाद बोल्ने र लेख्ने कुरा भन्दा बढी व्यवहारमा उतार्ने कुरा भएकोमा जोड दिदै उनले समाजवादी देश क्युवाले शिक्षा नीतिमार्फत नै सबै जनतालाई समाजवादप्रति जिम्मेवार बनाएका कारण अमेरिकाको नाकै मुनी बसेर पनि प्रगती गर्न सकेको उल्लेख गरे । राजनीतिक इच्छा शक्ति बेगर समाजबाद सम्भव नभएको भनेका नेता कार्कीको नेपालका नेताहरुले समाजबादी राजनीति गर्न नसकेको भनाइ छ ।

    उनले लेखकहरुले राजनीतिलाई मार्गनिर्देश गर्न सक्नुपर्ने र जनतालाई एकीकृत गर्न सक्नुपर्नेमा जोड दिए ।

    पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक उज्वल प्रसाई एवं आर्थिक पत्रकार जनार्दन बरालले अर्थराजनीतिको क्षेत्रमा भएको पुस्तक अभावलाई ढकालको पुस्तकले पूर्ती गर्ने बताउदै पुस्तक पठनीय हुनुको साथै ज्ञानवर्धक रहेको उल्लेख गरे । उनीहरुले पुस्तकले निष्कर्ष दिन नसकेपनि पूजीवादी र समाजबादी देशहरुको बिकाशको बिवरण प्रस्तुत गरेर पाठकहरुलाई ठुलो गुन लगाएको बताएका थिए ।

    उक्त अवसरमा लेखक ढकालले पुस्तक लेखनका क्रममा आफूले क्रान्तिकारीता पनि बचाउनु र प्राज्ञिक बनि बनाउनुपर्ने चुनौतीको सामना गर्नुपरेको उल्ल्लेख गरे । पुस्तक प्रकाशनमा आफूले थोरै हतार गर्दा धेरै कुरा छुटेको स्वीकार गर्दै आगामी सस्करणमा त्यसलाई सुधार गर्दैजाने प्रतिवद्धता पनि उनले प्रकट गरेका थिए ।

    ४ भागमा बाडिएको ४ सय ७ पृष्ठ रहेको ढकालद्वारा लिखित पुस्तकमा समाजवादी राष्ट्र सोभियत संघ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रम बारे स-विस्तार चर्चा गरिएको छ । पुस्तकमा नेपालको अर्थतन्त्र उकालो लाग्न नसक्नुका कारण पनि केलाइएको छ ।

    जागरण बुक हाउसको प्रकाशन रहेको पुस्तकको मुल्य ६ सय रुपैयाँ राखिएको छ । मोटो गाता रहेको पुस्तकको मूल्य भने १ हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको प्रकाशकको भनाइ छ । पुस्तक एक विशेष कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्ड, उर्जा मन्त्री वर्षमान पुन लगायतले भदौ २१ गते विमोचन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...