News Portal

  • १९ वर्षअघि अपराध गरी अमेरिकामा लुकेर बसेका गौतमलाई प्रहरीले त्यहिँ पुगेर पक्रियो

    भक्तपुर, ७ कात्तिक
    ८८६ पटक
    भक्तपुर, ७ कात्तिक

    बलात्कारपछि हत्यामा संलग्न रही फरार रहेका एक व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् । अपराधको १९ वर्षपछि प्रहरीले अपराधीलाई अमेरिकाबाट पक्राउ गरी ल्याएको हो ।

    पक्राउ पर्नेमा अमेरिकाको मियामी बस्ने झापा भद्रपुर नगरपालिका-९ घर भएका ४२ वर्षीय लिलाराज गौतम रहेका छन् । अमेरिकामा लुकेर बसेका गौतमलाई प्रहरीले त्यहिँ पुगी पक्रेर ल्याएको बताइएको छ ।

    २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सिताराम बस्नेतले उनको घरबाट बोलाएर ल्याएपछि लिलाराज गौतम र मनोज खड्का समेतले करणी गरी घाँटी थिची हत्या गरेका थिए । जबर्जस्ती करणी र हत्यापछि शवलाई रुखमा झुण्डाएर उनीहरुले आत्महत्या देखाउने षड्यन्त्र गरेका थिए ।

    २०५७ असोज ३० गते बिहान झापाको चारआली जंगलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी प्रहरी अनुसन्धानमा सक्रिय भएको थियो ।

    प्रहरी अनुसन्धानबाट दोषी ठहर भएका तीनै जनालाई सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएपनि गौतम भने फरार रहेका थिए । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएका फरार गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट प्रहरीले पक्राउ गरी ल्याएको हो ।

    बुधबार काठमाडौं जिल्ला अदालत मार्फत गौतमलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...