भक्तपुरका सीडीओ भट्टलाई गृहले दियो ‘बी प्लस’ ग्रेड : गठ्ठाघर बस्ने पौडेलले पाए ‘ए प्लस’

गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । मन्त्रालय र सिडिओहरु बीच भएको कार्यसम्पादन करारका आधारमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको हो । सबै राष्ट्रसेवक कर्मचारीसंग कार्यसम्पादन करार गरेर कामप्रति प्रतिबद्ध बनाइराख्ने सरकारको नीतिलाई सबैभन्दा पहिले लागू गरेको गृहले सिडिओहरुलाई उनीहरुको करार बमोजिमको कार्यप्रगती हेरेर नम्बर समेत दिएपछि सिडिओहरुको कार्यप्रगती सार्वजनिक भएको छ । संघीय सरकारका जिल्ला प्रमुख पनि रहेका सिडिओहरुलाई यसले करार बमोजिम काम गर्न थप प्रतिस्पर्धी बनाउने गृह मन्त्रालयको बिस्वास रहेको कर्मचारी प्रशासनका कृष्ण पौडेलले भक्तपुर पोस्टलाई बताए । भक्तपुरको गठ्ठाघर बस्ने पौडेल यस अघि रसुवाका सिडिओ समेत थिए । ३२ वर्षकाे उमेरमै रसुवाको सिडिओ भएका पौडेल गृहले दिएको नम्बरको आधारमा ७७ जिल्लाको सिडिओ मध्ये ९०.६९% प्राप्ताङ्क र ए प्लस ग्रेड प्राप्त गरी तेश्रो बन्न सफल भएका छन् । हाल उनकाे स्थानमा अर्जुन भण्डारी रसुवाकाे सिडिओ रहेका छन् । बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ र अर्घाखाँचीका प्रेमलाल लामिछाने क्रमश पहिलो र दोश्रो भएका छन् । … Continue reading भक्तपुरका सीडीओ भट्टलाई गृहले दियो ‘बी प्लस’ ग्रेड : गठ्ठाघर बस्ने पौडेलले पाए ‘ए प्लस’