News Portal

  • सुकुटे नजिकै आइतबार सुनकोशीमा बस खस्दा तीन महिने शिशुसहित १७ बढीको मृत्यु

    भक्तपुर, १८ कात्तिक
    ९८० पटक
    भक्तपुर, १८ कात्तिक

    दोलखाको शैलुङ गाउँपालिका बागखोरबाट काठमाडौंका लागि छुटेको यात्रु बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोशी नदीमा खस्दा तीन महिने शिशुसहित १७ जनाको बढीको मृत्यु भएको छ । कम्तिमा ५२ जना घाइते भएका छन् भने केही हराइरहेका अनुमान छ ।

    अधिकांस घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बा २ ख ७२४५ नम्बरको उक्त बस सडकबाट करिब ७० फिट तल नदीमा खसेको थियो। स्थानीय उद्धारकर्मी रमेश खड्काका अनुसार यात्रुहरुलाई डुबेको, बगाइरहेको र थिचिएको अवस्थामा उद्धार गरिएको थियो। घटनास्थलमा ५ जना र बगाउँदै गरेको अवस्थामा नदीको विभिन्न स्थानबाट १० जनाको शव निकालिएको छ।

    बसमा कम्तिमा ७० जना यात्रु रहेको अनुमान छ। उद्धारका लागि सेना, प्रहरी र सर्वसाधारणले स्थानीय रिसोर्टका बोटहरुको प्रयोग गरेका थिए। बस के कारणले दुर्घटना भयो यकिन भएको छैन। जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले घाइतेलाई उदृत गर्दै भने, ‘बस अनियन्त्रित भएको र दुर्घटना हुनु अघि ख्याट्–ख्याट् आवाज आएको थियो। थप अनुसन्धान भइरहेको छ,’ उनले भने। बसको पांग्रामाथि र सिटहरु तल परेकाले यात्रुहरु धेरै पानीमा डुबेको अनुमान प्रहरीको छ।

    डीएसपी काफ्लेका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत, ३ की वर्ष ३२ की निर्मला खड्का, ६ की वर्ष ७० की उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन्। तीन जनाको भने सनाखत हुन सेकेको छैन।

    स्थानीय खाडिचौर स्थित सदाबहार अस्पतालमा २ जना घाइते लगेकोमा उपचारका क्रममा बालिका साइरानीको मृत्यु भएको थियो। उपचारका लागि धुलिखेल अस्पताल लगिएका ५० जना घाइते मध्ये चेतकुमारीको मृत्यु भएको हो।

    काभ्रे प्रहरीका अनुसार उक्त अस्पतालका ४९ जना घाइते मध्ये २ जनालाई डिस्चार्ज गरिएको छ भने ६६ वर्षीय गोमा श्रेष्ठ र अन्दाजी ३५ वर्षीय एक महिलालाई थप उपचारको लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।
    यसैगरी सिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा ३ जना लगेकोमा बालिका सलिनाको मृत्यु भएको हो। दुई जनाको उपचार भइरहेको छ। उनीहरु दम्पत्ति हुन्। प्रहरीका अनुसार खाडिचौरमा उपचार गराएका बस चालकलाई राजधानीतिर गरिएको छ। बसलाई नदीबाट निकालिएको छ।

    इलाका प्रहरी कार्यालय मागदेउरालीका प्रहरी नायब निरीक्षक जयप्रकाश पाण्डेका अनुसार बागखोर बसपार्कबाट बिहान ९ बजे छुटेको उक्त बसको लामोसाँघु–जिरी सडकको मुडे भन्ने स्थानमा पत्ता भाँचिएको थियो। भाँचिएको पाता मर्मत गरेर उक्त बस राजधानीतर्फ गएको थियो। बस छुटेको स्थान शैलुङ मुडेबाट दक्षिण करिब १० किमिको दुरीमा रहेको छ।

    उक्त बसमा अधिकांश शैलुङ– ३, ४ र ५ नम्बर वडा अन्तर्गतका काटाकुटी, बागखोर र देउराली गाउँका बासिन्दा सवार थिए। शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालका अनुसार वडा नम्बर ५ काटाकुटीका मात्र ७ जानको मृत्यु भएको छ।

    तिहारका लागि गाउँ गएकाहरु काठमाडौं फर्कने क्रममा बसमा यात्रुको खचाखच थियो। बसले ३४ सिटको टिकट काटेको भएपपछि त्यहाँबाट छुट्ने बेलामा कम्तिमा ४० जना यात्रु भएको अनुमान उनको छ। उक्त स्थानबाट दैनिक ९ र १० बजे २ वटा बस राजधानीका लागि छुट्ने गरेको छ। ‘पहिलो बस भएकाले धेरैले यात्रा गरेका थिए’ अध्यक्ष दुलालले भने। गाउँका केही मान्छे अझै सम्पर्क बाहिर रहेको अनुमान उनको छ। शैलुङ पर्यटकीय स्थल भएकाले घुम्न आउने मान्छेपनि हुन सक्ने उनले अनुमान गरेको कान्तिपुर दैनिकका काभ्रे रिपोर्टरले रिपोर्टिंङ गरेका छन् ।

    म्याग्दीमा पनि आइतवार साँझ भएको बस दुर्घटना परी ४ जनाको ज्यान गएको खबर छ । मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमा नै ज्यान गएको हो ।

    दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । दुर्घटनामा परि अन्य १ दर्जन यात्री घाइते भएका छन । घाइतेलाइ स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बेनी रिफर गरिएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतिदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मीको विष्णु पाण्डे रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...

    विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाए यस्तो ज्ञापनपत्र

    विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी...

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व...

    साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४...

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली...