News Portal

  • २ हजार बढी विद्यार्थी सहभागी भक्तपुर नगरब्यापी खेलकुद प्रतियोगिता सम्पन्न

    भक्तपुर,२३ कात्तिक
    ११८० पटक
    भक्तपुर,२३ कात्तिक

    भक्तपुर नगरपालिकाद्वारा आयोजित विद्यालय स्तरीय नगरब्यापी खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएको छ । २ हजार बढी विद्यार्थी सहभागी प्रतियोगिता विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो ।

    नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा बिजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रतियोगिता समापन भएको नगरपालिकाका खेलकुद बिभाग संयोजक श्यामकृष्ण खत्रीले बताए । खत्रीका अनुसार उक्त प्रतियोगितामा ७७ विद्यालयका करीव २ हजार १ सय विद्यार्थी सहभागी भएका थिए । शनिवार पुरस्कार वितरण तथा समापन कार्यक्रममा १४ खेलका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरिनुका साथै सबै प्रतियोगी विद्यालयहरुलाई समेत प्रमाणपत्र र खेलसामाग्री हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा विजयी प्रथम, द्धितीय र तृतीय खेलाडी/विद्यालयलाई प्रमुख अतिथि रहेका सांसद प्रेम सुवालले पुरस्कार वितरण गरेका थिए भने मेयर प्रजापतिले ७७ वटै सहभागी विद्यालयहरुलाई खेल सामाग्री प्रदान गरे ।

    प्रतियोगितामा छात्रा भलिबलमा प्रथम बागीश्वरी मावि, द्वितीय ग्लिटर फ्युचर स्कुल र तृतीय डेमोस इ. स्कुल र ख्वप मावि तथा रजना त्वानाबासु उत्कृष्ट खेलाडी हुन सफल भए भने छात्र भलिबलतर्फ प्रथम नवदुर्गा मल्टिपल क्याम्पस, द्वितीय श्री पद्म मावि, तृतीय सैनिक आवासीय महाविद्यालय र ख्वप सेकेन्डरी स्कुल तथा दुर्गाबहादुर सुनार उत्कृष्ट खेलाडी हुन सफल भएका थिए ।

    पोर्टबल महिलामा ब्राइट स्टार स्कुल प्रथम, बासु मावि द्वितीय, प्रभात इ. स्कुल र बागीश्वरी मावि तृतीय साथै सिम्रीका बस्नेत उत्कृष्ट खेलाडी छनोट हुनुभएको थियो भने पुरुष पोर्टबलमा बागीश्वरी मावि प्रथम, महेन्द्र विद्याश्रम द्वितीय, प्रभात इ. स्कुल र गणेश मावि तृतीय तथा अनुप श्रेष्ठले उत्कृष्ट खेलाडी छनोट भएका थिए ।

    फुटसलमा प्रथम सैनिक आवासीय महाविद्यालय, रोम्बर नेशनल स्कुल द्वितीय, सनसाइन नेशनल र जेन्यून सेकेन्डरी स्कुल तृतीय हुन सफल भएका थिए भने उत्कृष्ट खेलाडी आयुष कुँवर भएका थिए ।

    टेबलटेनिसमा प्रथम प्रोक्सिमा इन्टरनेशनल, द्वितीय प्रभात इ. स्कुल र तृतीय एभरेष्ट इ. स्कूल , चेस खेलअन्तर्गत प्रथम ख्वप्रिङ इ. स्कुल, द्वितीय वाइजल्याण्ड से. स्कुल र तृतीय बागीश्वरी मावि, जिम्नास्टिक खेलमा प्रथम सैनिक आ.मा.वि, द्वितीय द राइजिङ स्कुल र तृतीय वाइज ल्याण्ड से. स्कुल, ब्याडमिन्टन खेलमा प्रथम हिमालयन ग्लोरी इ. स्कुल, द्वितीय सैनिक आ.मा.वि. र तृतीय वागीश्वरी मावि, कसिमला पाँय्मा बालविकास प्रथम, तारा स्कुल द्वितीय र हिमालयन ग्लोरीले तृतीय स्थान हासिल गरेको थियो ।

    खो–खो छात्रतर्फ प्रथम ब्राइटस्टार इ. स्कुल, द्वितीय विद्या आर्जन स्कुल, तृतीय बागीश्वरी मावि र वाइजल्याण्ड हुन सफल भए भने खोखो छात्रातर्फ ब्राइट स्टार प्रथम, बागेश्वरी मावि द्वितीय, बालविकास र तारा मावि तृतीय हुन सफल भएका थिए ।

    यसैगरी एथ्लेटिक्स खेलमा सैनिक आ.मा.वि. प्रथम, जेसिज से. स्कुल द्वितीय र गणेश मावि तृतीय, कराँतेमा बागीश्वरी मावि प्रथम, सेकरिड हार्ट स्कुल द्वितीय र बासु मावि तृतीय, उसु खेलमा प्रथम जेसिज से. स्कुल, द्वितीय श्री पद्म मावि र एभरेष्ट इ. स्कुल तृतीय, तेक्वान्डोमा प्रथम सैनिक आ.मा.वि., द्वितीय पारागन इ. स्कुल, तृतीय रोम्बस इ. स्कुलले जीत हासिल गरेको थियो ।

    कबड्डी छात्रतर्फ खोप्रिङ स्कुल प्रथम, रोम्बस स्कूल द्वितीय, बागीश्वरी र पारागण स्कुलले तृतीय स्थान हासिल गरेका थिए भने कबड्डी छात्रातर्फ साइनिङ स्कुल प्रथम, रोम्बस स्कुल द्वितीय, पारागन र बागीश्वरी मावि तृतीय हुन सफल भएका थिए ।

    नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल छात्रामा रजना त्वानाबासु, दुर्गाबहादुर सुत्तर, पोर्टबल छात्रामा सिम्रिका बस्नेत, छात्र अनुप श्रेष्ठ, फुटसल छात्रमा आयुष कुँवर, टेबलटेनिस छात्रमा न्हुज अवाल, छात्रामा सृष्टिका डुमरु, जिम्नाष्टिकमा छात्र रोहण बुढाथोकी र विदिसा न्यौपाने, चेस छात्रमा मनिक खायमली र छात्रामा दिपशिखा बासुकला, तेक्वान्दो छात्र अंजल खड्का र छात्रा सायना श्रेष्ठ, खोखोमा छात्र विपिन गोसाइँ, छात्रा स्नेहा प्रजापति, कराँतेमा छात्र रजक खुसु, छात्रा सुबी श्रेष्ठ, कसिमला पाँय छात्रमा रुकेश सुलु र श्रेय मानन्धर, एथ्लेटिक्स छात्र रोशन पहरी र छात्रा स्वागता खाइजु, ब्याडमिन्टन छात्रमा सरिन ख्याजु र छात्रा सुहानी कोजु, कबड्डी छात्रमा निर्जन, छात्रा मनिषा ग्वाछा र उसुमा छात्र अनुज धौभडेल र अदिती बिरबलले उत्कृष्ट खेलाडी एवम् राइजिङ खेलाडीको उपाधि हासिल गरेका थिए ।

    पोर्टबल महिलामा ब्राइट स्टार स्कुल प्रथम, बासु मावि द्वितीय, प्रभात इ. स्कुल र बागीश्वरी मावि तृतीय साथै सिम्रीका बस्नेत उत्कृष्ट खेलाडी छनोट हुनुभएको थियो भने पुरुष पोर्टबलमा बागीश्वरी मावि प्रथम, महेन्द्र विद्याश्रम द्वितीय, प्रभात इ. स्कुल र गणेश मावि तृतीय तथा अनुप श्रेष्ठले उत्कृष्ट खेलाडी छनोट भएका थिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले खेलकुदले स्वास्थ्य राम्रो बनाउने मात्र नभई देशको सार्वभौमिकता जोगाउन पनि काम लाग्ने बताए । उनले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि लिम्पियाधुरा (कालापानी र लिपुलेक) समावेश गरेकाले उक्त नक्सा खारेजीको निम्ति दबाब दिनुपर्ने आवश्यकता औल्याएका थिए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले विद्यालयमा खेलकुदलाई पनि महत्वको साथ् अघि बढाइरहेको बताउदै मौलिक खेललाई संरक्षण गर्न समेत लागिपरेको जानकारी गराएका थिए ।

    कार्यक्रमममा नेमकिपा नेत्री एवं प्रदेश नं. ३ की प्रदेश सभा सदस्य सृजना सैंजु,भनपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व लगायतले प्रतियोगितामा विद्यालय र विद्यार्थीहरुको उत्साहजनक सहभागिताले भक्तपुरमा भावी दिनमा राम्रा राष्ट्रियस्तरका खेलाडी उदय हुने सम्भावना देखिएको दावी गरेको थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...