News Portal

  • वागीश्वरी कलेजका विद्यार्थीलाई कालापानीबारे सचेतना कार्यक्रम सम्पन्न

    भक्तपुर, २९ कात्तिक
    १२३८ पटक
    भक्तपुर, २९ कात्तिक

    भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    वागीश्वरी कलेजको आयोजनामा शुक्रवार नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतले गरेको सीमा अतिक्रमणविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजूले उक्त विषयमा प्रस्तुती दिएका थिए । भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण भारतसंग जोडिएका सीमा सुरक्षित नरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्न जरुरी भएको भनेका थिए । नेपालसंग मात्र नभई अन्य देशहरुसित पनि उसको सीमा विवाद रहेको जिकिर गर्दै ख्याजूले भारतको निती नै विस्तारवादी भएकोले त्यत्तिकै पछि नहट्ने बताए ।

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको नाम उल्लेख नहुनु र यस सम्बन्धमा तत्काल ठोस कदम नचाल्नुले भारतीय विस्तारवाद सामू सरकारले आत्मसमर्पण गरेको उनको आरोप छ ।

    शासक दलहरु यस सम्बन्धमा सुस्त देखिएकोले जम्मुकाश्मिर, सिक्किम र भुटानको जस्तै नेपालको नियती नहोस भन्न खातिर सम्पूर्ण जनता सङ्घर्षको मैदानमा आउनुपर्ने विद्यार्थी नेता ख्याजूले आवश्यकता औल्याएका थिए ।

    उक्त अवसरमा वागीश्वरी कलेजका राजनीतिशास्त्रका शिक्षक विकल प्रजापतिले नेपालको भूमि अतिक्रमण गर्ने भारतीय ज्यादतीलाई नेपालले कुटनीतिक रुपमा पहल गर्न नसकेको र यसलाई अन्तर्राष्ट्रियकरण गर्न समेत नसकेकोले नेपाल भारतीय हेपाइमा परिरहेको बताए ।

    कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी रञ्जन फाजू लगायतले बिचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...