News Portal

  • फरक क्षमता भएका १९५ जना खेलाडी सहभागी खेलकुद प्रतियोगिता सम्पन्न

    भक्तपुर, ७ मङ्सिर
    १२१५ पटक
    भक्तपुर, ७ मङ्सिर

    २८ औं विश्व अपांगता दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

    ख्वप कलेज प्रांगणमा सम्पन्न उक्त खेलकुद प्रतियोगितामा अपांगता भएका १सय९५ जना खेलाडीहरुको सहभागिता रहेको भक्तपुर नगरपालिकाका खेलकुद समिति संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी गराए ।

    बिजयीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा प्रमुख प्रजापतिले विजयी खेलाडीहरुलाई मेडल, सेरामिक कप र प्रमाणपत्र प्रदान गरेका थिए ।

    उक्त पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले फरक क्षमता भएका व्यक्तिहरुको बारेमा पनि नगरपालिकाले उत्तिकै कर्तव्यबोधका साथ् कार्यक्रमहरु गरिरहेको जानकारी दिएका थिए । अपाङ्गता भएकाहरुको लागि बोसियो र एथ्लेटिक्स खेल प्रतियोगिताले उनीहरुलाई आत्मविश्वासी बनाउन सहयोग मिल्ने उनको भनाइ थियो ।

    नगरपालिकाले यस्ता बालाबालिकाको लागि बिशेष ध्यान दिइरहेको जिकिर गर्दै उनले अपांगता भएका बालाबालिकाका लागि विशेष किसिमको विद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गरिसकिएको समेत बताए ।उक्त अवसरमा प्रमुख प्रजापतिले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसारको परिचय पत्र वितरणको थालनी पनि नगरपालिकाले गरेको जानकारी गराए ।

    कार्यक्रमका सभापति रहेकी भक्तपुर नगरपालिकाकी अपांगतासम्बन्धी अस्थायी समन्वय समितिका संयोजक एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अपांगता भएका व्यक्तिहरुमा पनि आ–आफ्ना प्रतिभा हुने बन्दै त्यसको प्रस्फुटनमा प्रतियोगिता फलदायी भएको भनेकी थिइन् ।

    कार्यक्रममा ख्वप: बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, भक्तपुर नपा अपांगतासम्बन्धी अस्थायी समन्वय समितिका सदस्य हिमालयस्वर लाल मुल,कार्यपालिका सदस्य रोशनमैया सुवाल लगायतले मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...