News Portal

  • प्रतिपक्षमा बसेर जनताको सेवा गर्नेछौ : नेमकिपा उम्मेदवार निरज लवजू (अन्तर्वार्ता)

    भक्तपुर, ११ मङ्सिर
    १७६८ पटक
    भक्तपुर, ११ मङ्सिर

    जनताले तपाईलाई भोट दिनुपर्ने कारण के हो र जितका आधार के के हुन् ?
    धेरै कारणहरु छन् । अब दुई वर्ष आगाडी अहिलेको सरकारमा गएका राजनैतिक दलहरुले विकास र सम्रिद्धिको नारा
    लगाएर जनताको मत लिएका थिए । तर यो दुई वर्षको अन्तरालमा पनि कुनै विकास भएन र सम्वृद्धिको महशुस
    भएन । बरु यो सरकार एक पछि अर्को काण्डहरुमा फस्दै गएको हामीले देखेका छौ ।

    नेपाली जनताहरुको अपेक्षा विपरीत आज देश परनिर्भर बन्दै गइरहेको छ । विदेशमा रोजगारीको लागि जाने
    युवाहरुको लाम अझै घटेको छैन । अपराधहरु धेरै बढेको छ र भ्रस्टाचार त देशको इतिहासमै सबैभन्दा बढी यो
    सरकारको पालामा नेपाली जनताले देखे । त्यस कारणले नेपाली जनताको अपेक्षा अनुसार यो सरकारले काम गर्न
    नसकेको र अर्को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कंाग्रेसको अवस्था पनि उत्साहजनक छैन ।

    उसले एक त संसदभित्र पनि प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन, सरकारसंगै भागबन्डा मिलाउनमै
    लागेको देखिन्छ । अर्को तर्फा नेपाली कांग्रेस कस्तो पार्टी हो भन्ने कुरा त नेपाली जनताले धेरै अगाडीदेखी नै भोग्दै
    झेल्दै आएको कुरा हो । यस कुराले अब नेपाली कांग्रेसलाई पनि विश्वास गर्न नसकिने र नेकपालाई पनि विश्वास गर्न
    नसकिने अवस्थाले गर्दा जनता असन्तुस्टि मात्र नभएर आक्रोशित पनि बनेका छन् यी राजनैतिक दलहरुको
    विरुद्ध। जनताले यी दलहरुलाई पटकपटक विश्वास गरेका पनि हुन् तर पटकपटक उनीहरुले विश्वासघात पनि
    गरेका छन् ।

    त्यसैले कम्ति पनि यो क्षेत्रको विकल्प भनेको नै नेपाल मजदुर किसान पार्टी हो । नेमकिपालाई नै मत दिनुपर्छ
    भन्नेमा नै जनता देखिन्छन् र त्यसै आधार मा जनतासंग भोटको अपिल गरिराखेका छौ ।

    मलाई अथवा मादल चिन्हमा अत हाल्नु पर्नी अर्को कारण भनको नेपालको सार्वभौमिकता हो । अहिलेको अवस्था
    हेर्ने हो भने नेपालको सार्वभौमिकता वास्तबमै एकदम कम्जोर बनेको छ । हाम्रो कालापानी, लिपुलेक,
    लिम्पियाधुरा आज भारतले आफ्नै नक्सामा समावेश गरेको छ । भारतले यति धेरै नेपालको सिमाना मिच्दा खेरि
    पनि नेपलीको सार्वभौमिकतामाथि हस्तक्षेप गर्दा पनि यी दलहरुले कुनै पनि किसिमको कुरा गर्न सकेको छैन ।
    त्यस कारणले यो पटक नेमकिपालाई भोट हाल्नु पर्ने एउटा कारण भनेको हामीले देशको पक्षमा लगातार लड्दै
    आएका छौ । देशको सार्वभौमिकता र सिमा अतिक्रमण विरुद्ध हामी लड्छौ । नेमकिपा देशभक्तहरुको पार्टी
    भएकोले पनि मादल चिन्हमा भोट हाल्नु पर्छ भन्ने दोश्रो आधार हो ।

    तेश्रो आधार भनेको जुन क्षेत्रमा अहिले निवाचन हुदैछ त्यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले विगत लामो
    समयदेखि हामीले त्यहाको विकास र हरेक किसिमका सानाठूला विकास निर्माणका कार्यहरुका साथै यहाँका
    जनसमुदायका मानिसहरु अनियाश्रित रुपमा जोडिएका छौ । त्यस्तो भएको कारणले पनि आज हामी जनता समक्ष
    त्यो सम्बन्धलाई अझै प्रगाढ बनाउनको निम्ति मादल चिन्हमा मतदान गर्न आवहान गर्दैछौ ।
    जनताले हामीलाई विश्वास गर्नुहुन्छ भन्ने हाम्रो आशा हो ।

    तपाईको विचरमा तपाइको प्रमुख प्रतिस्पर्धी को हो जस्तो लाग्छ ?
    यसमा उन्नाइस वटा पार्टीहरु छन्, कोहि पनि प्रमुख भन्ने हुदैन । हामी सबै नै प्रतिस्पर्धी हौ । कतिपयले आकार र
    सत्ता राजनीतिमा भएका पार्टीहरुलाई औल्याएर उनीहरु पो हुन् कि भन्ने जतो गरिराछन् तर त्यस्तो होइन, हामी सबै नै
    प्रतिस्पर्धी हौ ।
    नेमकिपामाथि संसदमा विरोध मात्र गर्ने भन्ने आरोप छ। त्यसबारेमा तपाई के भन्न चाहनुहुन्छ ?
    होइन, अहिलेको राज्य व्यवस्था भनेको लोकतान्त्रिक राज्य व्यवस्था हो । लोकतान्त्रिक व्यवस्था भनेको त्यसमा
    प्रतिपक्ष बलियो हुन्छ र हुनुपर्छ। जुन देशमा प्रतिपक्ष बलियो हुन्छ, त्यो देशको लोकतन्त्र त्यस्तो नै बलियो र सुन्दर
    हुन्छ । लोकतन्त्रको सुन्दरता भनेकै प्रतिपक्षको भूमिकामा छ । अब हामीले सत्तपक्षकै कुरालाई मात्रै सहि मान्दै
    जानी र एउतै सत्तपक्षको व्यवस्था चाहिएको भय राना शासन नै ठिक थियो अनचायती व्यवस्था नै थठिक थियो
    जसमा प्रतिपक्ष नै थिएन। तर हामीले लोकतन्त्र किन ल्यायौ भने सरकारले गर्ने गलत क्रियाकलापरहरुमा पनि
    विरोध गर्न सकौ, औला उठाउन सकौ भनेर नै लोकतान्त्रिक व्यवस्था ल्याएका हौ । नेमकिपाले निर्वाचनको
    बेलामा पनि जनतालाई के विश्वास दिलायाका थियौ भने हामी प्रतिपक्षमा बस्ने छौ र प्रखर भूमिका खेल्नेछौ।

    प्रखर भूमिका खेलेर नै जनताको सेवा गर्ने छौ । जनताको सेवा भनेको सत्तामा गएर मात्र गरिदैन। सरकारले गरेको गलत
    क्रियाकलापको खण्डन गरेर पनि जनताको सेवा गर्न सकिन्छ। त्यो भएर विरोधको नाममा विरोध गरेको होइन,
    हामीले जनताको लागि बिरोध गरेको हो । यदि अहिले बनेको मिडिया विधेयक सरकारले भने जस्तै भएको भए अहिले
    सबै मिडिया नेपाल टेलिभिजन हुन्थ्यो, सबै रेडियो रेडियो नेपाल हुन्थ्यो र सबै अखबारहरु गोरखापत्र हुन्थ्यो । त्यसैले
    हामीले लोकतान्त्रिक सिद्दान्तमा रहेर विरोध गरेका हौ । यो विषयमा जानकारी नभएका कतिपय मानिसहरुले
    फरक ढंग बुझिरहनुभएको छ। मलाई लाग्छ, त्यो एउटा अल्प ज्ञान नै हो ।

    तपाईले जितेपछि विकासका लागि केके गर्नुहुन्छ ?
    प्रदेश सरकारको हिसाबले पहिले भूमिका त जनताका पक्षमा भएको कुराको समर्थन गर्ने र विपक्षमा भएको कुरालाई
    विरोध गर्ने हो । त्यो हामी गर्छौ । हामी सरकारमा गएर मन्त्रि बन्ने होइन, नेमकिपा त्यहाँ गयर मन्त्रि बन्ने,
    सरकारमा जाने कुरा होइन, जसरि हिजोका दिनहरुमा प्रतिपक्षमा बसेको थियो अहिले पनि हाम्रो नीति त्यै नै हो ।
    प्रतिपक्षमा बस्ने छौ, प्रतिपक्षमा बसेर जनताको सेवा गर्नेछौ र जनताको हितका लागि काम गर्नेछौ । त्यसका लागि
    पहिले त राम्रा कसरी बनाउन सकिन्छ, सरकारले गरेका नराम्रा कामलाई कसरी छ्यासना सकिन्छ भन्ने विषयमा
    पहिलो मिहिनेत हुनेछ हाम्रो । दोश्रो कुरो एकजना प्रतिनिधि भएपछी जुन क्षेत्रबाट निर्वाचित भएको हो त्यसै क्षेत्रको
    विकास निर्माणका कार्यहरुसंग पनि जोडीएका हुन्छौ ।

    विकाशको नाममा कमिसन खाने, जनप्रतिनिधि आफैले भ्रस्टाचार गर्ने कामको हामी बिरोध गर्छौ । जस्तै अहिलेकै
    कुरा गरौ नगरकोट सडकको कुरा मात्रको विकासको भईरहेको छ तर त्यसले कसलाई पोसिराखेको छ भन्दा खेरि
    बदमास ठेकदारहरुलाई, दुई वर्षमा सक्नु पर्ने काम तर छ वर्ष बितिसक्दा पनि सडक पूर्ण तयारी भईसकेको छैन ।

    त्यस्तै गरि चाँगुनारायणको कुरा गर्दा अहिले चाँगुनारायण मन्दिरको तल प्राकृतिक श्रोतको दोहन विशेषत बालुवा
    दोहन भईरहेको छ, कतै मन्दिर नै त भासिदै जानी हो कि, पिर परेको छ।

    अर्को मह्त्तवपूर्ण कुरा भनेको शिक्षा, स्वास्थ्य र पर्यटन, यी तिन वटा क्षेत्रमा विशेष काम गर्न सक्छौ। भक्तपुर
    नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जितेको छ । त्यो जितेको क्षेत्र नै देशै भरि नमुना नगरपालिका बनेको
    छ । यदि हामी निर्वाचित भएर गईसकेको अवस्थामा भक्तपुर नगरपालिका को दश नम्बर वड़ा पनि यस क्षेत्रमा पर्छ जहाँ
    भक्तपुर नगरपालिकाले नै काम गरिराखेको छ । विशेष गरि चाँगुनारायण नगरपालिका पर्यटकीय स्थलहरुलाई
    पर्यटकहरुको गन्तव्यस्थल बनाउने,  शिक्षा, स्वास्थ्यको एउटा मह्त्तोपूर्ण विकास भएको ठाउकाे रुपमा आगाडी लाने
    प्रतिबद्दता हाम्राे हो । अरु पनि धेरै समस्याहरु छन्। विकास एकै दिनमा हुने होइन । त्यसैले हामीसंग भएको बजेटलाई
    क्रमस जनता कै हातमा दिएर जनताकै सहभागितामा विकास निर्माणका कार्यलाई अघि बढाउछौ र
    अव्यवस्थीत घरहरु निर्माण भई रहेका छन् जहाँ ढल, खानेपानी, सडक आदिको समस्या देखा परेका छन् । त्यस्ता
    समस्याहरुको समाधान जनताकै मिलेमत्तोमा गर्नेछौ ।

    भक्तपुरका केहि वडामा नेमकिपाक वडास्तरका प्रमुख कार्यकर्ता नै अन्य दलहरुमा प्रवेश गरेको समाचार आई रहेको छ । कार्यकर्ताको मनोबल उच्च राख्न के उपाय गर्नु भएको छ ?
    हाम्रो बाट मेडियाले जसरि अन्य दलहरुमा गएको भएर खबर लेखेका छन् त्यो अतिरंजनापूर्ण प्रचारबाजी हो । गएका
    भनिएका केहिले पनि खासै धेरै असर पर्छ जस्तो मलाई लाग्दैन । जसरि सिंगान फाल्दा आफ्नो शरीरमा राम्रो गर्छ
    त्यसरी नै फालिनु पर्ने मनिसहरु अन्त जादैमा त्यति असर पर्दैन । गएका मानिसहरु काममा अबरोध
    बनेर बसेका थिए । तिनीहरु गएपछि पार्टीको गतिविधिले प्रभाब पाएको छ, सिधै जनतासंग सम्पर्कमा गएका छौ ।

    नेमकिपालाइ भक्तपुरमा चुनाब जित्नुपर्ने दवाव रहन्छ भनिन्छ । तपाईले कतिको दवाव महशुस गर्नु भएको छ ?
    त्यस्तो लाग्दैन । जित्ने पर्छ भनेर भोजभत्तेर गर्ने, पैसा बाढ्ने , पेट्रोल हालिदिने गरेका छैनौ र गर्दैनौ पनि । मेरा
    प्रतिस्पर्धी साथीहरुले पत्रकारहरु भेला गरि बाटो खर्चको नाममा हजारौ रुपैया उपलब्ध गराए । सोहि अनुरुप भोट पाउन
    जनताका लागि केके गरेको होला हामी अनुमान गर्न सक्छौ । यसले लोकतान्त्रिक व्यवस्थालाई बिगार्ने काम गर्छ तर
    हामी त्यस्तो गर्दैनौ । त्यसैले म मेरा प्रतिस्पर्धी मित्रहरुलाइ के अनुरोध गर्न चाहन्छु भन्दा जित्नु छ भन्दैमा जे पनि
    नगरौ । भोक लग्यो भन्दैमा विष खाने र खुवाउने काम नगरौ । त्यसैले एउटा स्वस्थ प्रतिस्पर्धामा आउन अनुरोध
    गर्दछु । नेमकिपाले जित्नुपर्छ, जनताको विश्वास लिएर जित्ने हो,मत लिएर जित्ने हो र मान लिएर जित्ने हो । हामी
    मात र मान दुवै लिएर जित्न चाहन्छौ । अरुले जसरी भ्रस्टाचार गरेको पैसा खन्याएर, राज्यको ढुकुटी लुटेर चै
    चुनावलाई जबर्जस्ति धम्काएर, दवाव दिएर जित्न चाहदैनौ ।
    अन्त्यमा तपाई केहि भन्नुहुन्छ कि ?
    अन्त्यमा भन्नु पर्दा हामी लागि राखेका छौ । यो निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (मादल)मा मतदान गर्नुभो
    भने म देशको पक्षमा लड्ने छु । यो क्षेत्रका साथै सिंगो प्रदेशका जनताको लागि उनीहरुसंगै सरसल्लाह लिएर काम
    गर्ने छु र यो मेरो प्रतिबद्दता हाे । हामी कुनै लोभ लालचमा फस्ने छैनौ, इमान्दारीका साथ् काम गर्ने छौ । यस
    क्षेत्रको विकासको लागि सबैसामु हातेमालो गर्ने छौ । मलाई निर्वाचित गरे सके पछि मतदाताहरुले कस्तो मान्छेलाई
    जिताएछु भन्ने पस्ताचाप गर्नु पर्ने छैन । मैले राजनीतिलाई कैले कमाई खाने भाडोको रुपमा प्रयोग गरिन । राजनीति
    एउटा जनतालाई सेवा गर्ने मध्यम हो । राजनीतिमा लागेर म पैसा कमाउला,धन कमाउला, सुख सुबिधाको जीवन
    बाँचौला भनेर राजनीतिमा लागेको पनि होइन । त्यस अनुसार सबै मतदाता दाजुभाई, दिदीबहिनी, आमाबुबाहरुले
    नेमकिपाको मादल चिन्हमा मतदान गरि सहयोग गर्नुहुनेछ भन्ने कुरामा म आशावादी छु र अनुरोध गर्न चाहन्छु ।

    प्रस्तुती : निशा कुस्मा / भक्तपुरपोस्ट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...