ढल्यो भक्तपुरको कम्युनिष्ट किल्ला : काँग्रेसका भडेल भारी मतले बिजयी

आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हारको स्वाद चखाएको छ । आइतवार सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गरेका छन् । चुनावी परिणाम अनुसार भडेलले १३ हजार ४ सय ३७ मत प्राप्त गर्दा ढकाल ११ हजार १ सय ९७ मै सीमित बन्न पुगे । २ हजार २ सय ४० मतान्तरले काँग्रेसले बाजी मारेको मतगणनास्थल बाट हाम्रा प्रतिनिधिले जनाएका छन् । जीतको औपचारिक घोषणा भने भएको छैन । यस मतपरिणाम अनुसार नेमकिपाले समेत आफ्नो जनमत गुमाएको देखिएको छ । नेमकिपा उम्मेदवार निरज लवजूले ५ हजार ४ सय ४७ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाएका छन् । यस अघि आम निर्वाचनमा बाम गठबन्धनका स्वर्गीय हरिशरण लामिछाने १२ हजार ७ … Continue reading ढल्यो भक्तपुरको कम्युनिष्ट किल्ला : काँग्रेसका भडेल भारी मतले बिजयी