दाङमा नक्कली लाइसेन्स पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । नक्कली अलाइसेन्स पेश गर्नेमा दाङकै शिक्षक टेकमान थापा रहेका छन् । उनी निम्नमाध्यमिक तहका शिक्षक हुन् ।
अख्तियारले आरोपत्र दायर गरेको प्रबक्ता प्रदिप कुमार कोइरालाका अनुसार थापाले झुट्टा लाइसेन्स पेश गरी राहत शिक्षकको रूपमा काम गरेको तथ्य प्रमाण सहित पुष्टि भएको छ ।
उनको यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन माग गर्दै आरोपपत्र दायर गरिएको हो ।