News Portal

  • मालपोत कार्यालय भक्तपुरमा कार्यरत २ कर्मचारी अख्तियारको फन्दामा

    निशा कुस्मा / भक्तपुर पोस्टभक्तपुर, १८ मङ्सिर
    २६५१ पटक
    भक्तपुर, १८ मङ्सिर

    भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत २ कर्मचारी अख्तियारको फन्दामा परेका छन् । नायब सुब्वा नारायणराज मिश्र र करारमा काम गर्ने कार्यालय सहयोगी भाईकाजी गौतम अख्तियारको फन्दामा परेका हुन् ।

    सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि घुस खाएपछि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले पक्राउ गरेको हो । ४० हजार रुपिया घुस लिएको अवस्थामा उनीहरुलाई मंगलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले पुष्टि गरे ।

    नायाव सुब्बा मिश्र र कार्यालय सहयोगी गौतम दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...