News Portal

  • चुनाव हारेपनि नेकपाको प्रतिबद्धता पुरा, चाँगुस्थित इन्जिनियरिङ कलेज नगरपालिका मातहत (हेर्नुस् मन्त्रीस्तरीय निर्णय)

    इभक्तपुर संवाददाता
    १३१९ पटक

    भक्तपुर । निर्वाचनमा पराजय भोगेपनि नेकपाका नेता डीपी ढकालले चुनावी प्रतिबद्धता पूरा गरेका छन् । गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचमा भक्तपुर क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार बनेका ढकालले आफ्नो चुनावी प्रतिबद्धता पुरा गरेका हुन् ।

    भक्तपुरका बौद्धिक नेताका रुपमा परिचय बनाएका नेता ढकालले चुनावी प्रतिवद्धता पत्रमा भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज जनस्तरबाट सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

    निर्वाचनमा हार व्यहोरेपनि नेता ढकालले सोमबार उक्त वाचा पूरा गरेका छन् । ढकालकै पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसँगको प्रत्यक्ष वार्तापछि चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको सञ्चालक समिति गठन भएको हो ।
    शिक्षा मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुखको अध्यक्षतामा  सञ्चालक समिति गठन गर्दै कलेज सञ्चालन गर्न अनुमति दिएको छ ।

    नेपाल इन्जिनियरिङ्ग कलेज, चाँगुनारायण भक्तपुरको विवाद एवम् कलेज सञ्चालनको मोडालिटी सम्बन्धमा छानविन गरी सिफारिस गर्न छानविन समिति गठनका लागि संघीय संसद, प्रतिनिधी सभा, शिक्षा तथा स्वास्थ्य समितिले २०७५ माघ ३ गते निर्देशन दिएको थियो ।
    सो निर्देशनको कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले २०७५ फागुन २७ मा मन्त्रिस्तरीय निर्णय गरी छानविन समिति गठन गरी त्यसले प्रतिवेदन पेश गरेको थियो ।

    पछि, चाँगुनारायण नगरपालिकाले २०७६ मंसिर २२ गते च.नं.३०४५ को पत्र लेखि कलेजका बारेमा छानविन समितिबाट सिफारिस भएका व्यवस्था सम्बन्धमा शीघ्र निर्णय गरिदिन आग्रह गरेको थियो ।

    सो सम्बन्धमा मिति २०७६ मंसिर २३ गते शिक्षा मन्त्रीको उपस्थितिमा जिल्ला समन्वय समिति अध्यक्ष, प्रदेश सभा सदस्य, चाँगुनारायण नगरपालिका प्रमुख लगायत सरोकारवालाहरूसंग छलफल समेत भएको थियो । उक्त छलफलमा नेकपाका नेता देवेन्द्र श्रेष्ठ, भक्तपुर अध्यक्ष वचन देउजा, नेकपाको भक्तपुर जिल्ला पार्टीको शिक्षा प्रमुख सुरेश न्यौपाने,  चाँगुनारायणकास्थथानीय समेत रहेका मन्त्रीका पूूूर्व स्वकीय  सचिव सुदर्शन पराजुुुुली लगायत सक्रिय सहभागी भएका थिए ।

    सस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा द.नं. ५५२ मा २०६० भदौ ४ मा दर्ता रहेको उक्त कलेजको प्रकृति र स्वामित्व समेतका विषयमा सञ्चालकहरू बीचमा विवाद भई उच्च अदालत र सर्वोच्च अदालतमा मुद्दा सुनुवाईको प्रक्रियामा रहेको अवस्था छ ।

    सञ्चालक समितिको विवादका कारणले कलेजको सुसञ्चालनमा गम्भिर नकारात्मक असर परी कलेजको दैनिक आर्थिक एवम् प्रशासनिक काम कारवाहीका अतिरिक्त पठनपाठनमा समेत वाधा पर्न गएको अवस्था देखिएकोले हजारौं विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखी विद्यार्थीहरूको पठनपाठन गुणस्तरयुक्त ढंगले सचारू गर्न गराउनु जरूरी देखिएको ठहर गर्दै शिक्षा मन्त्रालयले कलेज सञ्चालनको अनुमति दिएको हो ।

    पछि अदालतहरूबाट प्राप्त हुने फैसला बमोजिम हुने गरी हाललाई संघीय संसद, प्रतिनिधी सभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयानुसार गठित छानविन समितको प्रतिवेदनमा सिफारिस भए अनुरुप शिक्षा मन्त्रालयले २०७६ मंसिर २३ मा मन्त्रिस्तरीय निर्णय गरी अनुमती दिएको हो ।

    चाँगुनारायण नगरपालिका भक्तपुरका प्रमुख अध्यक्ष रहने गरी ९ सदस्यी सञ्चालक समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा विश्वविद्यालयका प्रतिनिधि ई. अर्जुन गौतम, नेपाल इन्जिनियरिङ्ग कलेजका शिक्षक ई. दुर्गाप्रसाद भण्डारी, चाँगुनारायण नगरपालिका वडा नं २ का सोम प्रधान, वडा नं ४ का दिनेश खनाल, वडा नं २ का नरेश खड्का र सन्तोष के.सी. रहेका छन् । यसैगरी समितिको सदस्य समितिमा नेपाल इन्जिनियरिङ्ग कलेजका प्रिन्सिपल रहेका छन् ।

    लामो समयदेखिको स्वामित्व बिबाद अन्त्य गर्दै शिक्षा मन्त्रालयले नयाँ ब्यवस्थापन समिति गठन गरेसंगै अब कलेजले गति लिने यसको समस्या समाधानमा शुरु बाटै लागिपरेका नेता एवम् नेकपाका प्रदेश सचिवालय सदस्य देवेन्द्र श्रेष्ठले दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...