आज य: मारी पुन्हीको दिन, उपत्यकाका सबै नेवा: समुदायले भव्यताका साथ मनाई रहेका छन् । नेवा: संस्कृति अनुसार आजको दिन य:मारी फोनेगु अर्थात् य:मारी माग्ने परम्परा प्रचलित थियो ।
केहि वर्ष यता बाट यो परम्परा हराउंदै गएको देखिन्छ । हाम्रो य:मारी फ़ोनेगु परम्परालाई पुन सुचारु गर्नका लागि भक्तपुरको याछेंस्थित याछें ढल्चा भजनले योमरो फोनेगु ज्याझो अर्थात् योमरी लिने जाने कार्यक्रम आयोजना गरेको छ ।
आयोजकले उक्त कार्यक्रममा इच्छुक महानुभावहरुले सहभागीता जनाई दिनु हुन सम्पूर्णमा अनुरोध गरेको छ । कार्यक्रम दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।