News Portal

  • आमा भैंसी पाल्ने छोराहरु मास्टर पढ्ने

    भक्तपुर, ३० मङ्सिर
    १०१५ पटक
    भक्तपुर, ३० मङ्सिर

    केटरी बोहरा आफू निरक्षर हुन, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाएका छन । बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ बेचेर छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ ।

    निरक्षर केटरी बोहराको सानैमा विवाह भयो । श्रीमान रोजगारीका लागि देश विदेश भौतारिए । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भने– घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् । श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन । चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारीमा जाने गाउँ अन्य मान्छेसित मौखिक खबर पठाउँथे ।’गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझे । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।

    दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुने । सपनाको गाँठो फुकाउँदै केटरीले भने, – ‘ओढारमा १० वटा भैंसी पाले । त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना साकार भएको छ । छोरो अहिले शिक्षक बनेको छ ।’

    उनै केटरी बोहराले घिउ बेचेर पढाएको जेठोछोरा हरिश बोहरा अहिले मास्टर डिग्री गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढाए । आमाको मेहनतले आफु अहिले एक कुशल शिक्षक बन्न पाउँदा भाग्यमानी ठानेको शेरसिंंह बोहरा बताउछन । शेरसिंह बोहराले भने, – म भन्दा कान्छो भाइ खड्कसिंह बोहराले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टरडिग्री सकेर घर आएको छ । मैले नेपालीमा मास्टरडिग्री गरे, भाइले अंग्रेजी विषयमा पढाई पूरा गरेको छ ।

    केटरी बोहराका दुई छोरा र दुई छोरी छन् । छोरीहरुलाई पनि कक्षा ८ सम्म पढाएर पराईघर दिएको पनि एक दशक भईसकेको केटरी बोहराले बताए । त्यो बेला छोरीहरुलाई चाँडै विवाह गरेर दिने चलन थियो । कक्षा ८ मा पढ्दा पढ्दै छोरी लक्ष्मीको विवाह भयो ।आमाले दुःख गरेर भैंसी पाल्ने ओढारमा जन्मनु भएका शेरसिंह बोहरा अहिले शिक्षाको ज्योति फैलाईरहेका छन । केटरीको गाउँमा अहिले मास्टरडिग्री गरेका मात्र होईनन्, थुप्रै डाक्टर, ईन्जिनियर छन् । त्यो बेला केटरी बोहरा श्रीमानलाई चिठ्ठी लेख्न गाउँ भौतारिनु पर्दथ्यो ।

    केटरी बोहरा गाउँका धेरै मेहनती आमा मध्ये एक उदाहरणी आमा रहेको भतिजा कलम बोहरा बताउछन । कमल बोहरा भने – ‘काकीले अहिलेसम्म त्यो ओढार छोड्नु भएको छैन । अब त आरामा गर्नुस् भन्दा त्यो ओढार सफलताको सिंढी हो भन्छन । अहिले पनि ओढारमा चार वटा भैंसी पालेर भकारो सोर्हछन ।’निरक्षर काकीको जोश जाँगरले घर परिवार र छिमेकीका सबैले पढाईको महत्व बुझेको कमल बोहरा बताउछन । राजनीतिमा सक्रिय कमल बोहरा युवा उद्यमी पनि हुन ।

    बोहराले भने काकीको जेठो छोरा शेरसिंह गाउँको मास्टर हुन । मेरो आफ्न्र कान्छो भाइ ईन्जिनियर छ । काकी हाम्रो पनि शिक्षाको प्रेरणाको स्रोत हुन ।’ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुहुने मेहनती आमाको कथामा भएका स्थानीय रैथाने जातका भैंसी अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

    भैंसीमा देखा परेको खरी रोगले बैतडीमा रहेका ५० हजार भैंसी संकटमा परेको पशु सेवा विज्ञ केन्द्र बैतडीले जानकारी दिएको छ । भैंसीमा खरी रोग लाग्ने बित्तिकै किसानले भैंसी तस्करलाई सस्तो मूल्यमा मासु प्रयोजनका लागि भैंसी बिक्रि गर्न थालेपछि बैतडीका रैथाने भैंसी संकटमा परेका छन् ।मेहनती आमाहरुसंगै भैंसी पनि हराउने अवस्थामा पुगेकोले भैंसीपालक किसानलाई सरकारले प्रोत्साहन गर्न भैंसीमा देखा परेको खरी रोगको उपचार हुनुपर्ने भैंसी पालक किसानले बताएका छन् ।गोकर्ण दयाल,बैतडी।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...