News Portal

  • मालपोत कार्यालय भक्तपुरका सुब्वा मिश्र र कास गौतम उपर अख्तियारद्वारा आरोप पत्र दायर

    भक्तपुर, १ पुस
    १५०८ पटक
    भक्तपुर, १ पुस

    भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम उपर भ्रष्टाचार अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेको छ । मंगलवार विशेष अदालतमा उनीहरु उपर आरोप पत्र दायर गरिएको हो ।

    सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतम र नायब सुब्वा नारायणराज मिश्रले आपसी मिलेमतोमा रु. ४०हजार घुस लिएको अख्तियारको दावी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ४० हजार घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

    अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायव सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगतकट्टा गरिदिने प्रयोजनको लागि लेखापढी व्यवसायीमार्फत घुस/रिसवत पाए काम गरिदिने भनी नियमानुसार गर्नुपर्ने कामको लागि बहाना बनाई उक्त कार्यालयका कार्यालय सहयोगी भाईकाजी गौतमलाई लिन लगाई घुस वापतको रकम लिएपछि मोही लगतकट्टा गर्ने निर्णय कागजात दिएको समेतबाट उनीहरुको संलग्नता पुष्टी भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

    नायव सुब्बा नारायणराज मिश्रले घुस/रिसवत माग गरी बुझ्न लगाएको प्रमाणित हुन आई निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै नारायणराज मिश्रलाई बिगो रु. ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी गर्दै अख्तियारले आरोप पत्र दायर गरिएको बुझिएको छ ।

    साथै भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय सहयोगी भाईकाजी गौतमले घुस/रिसवत वापतको रकम बुझी मतियारको भूमिका खेलेको पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ऐ.ऐनको दफा २२ ले मतियारको कसुर गरेको पुष्टि भएको अख्तियारको भनाइ छ । गौतमलाई बिगो रु. ४० हजार नै कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...