News Portal

  • भारी सवारी साधन निषेध गर्न भक्तपुर नगरपालिकालाई बिजुक्छे र सुवालको सुझाव

    भक्तपुर, २ पुस
    १२११ पटक
    भक्तपुर, २ पुस

    भक्तपुर जिल्लाकै जेठो नगरपालिका पुस २ गते ७० औं वर्षमा प्रवेश गरेको छ । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको अवसरमा बुधवार विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ ।

    बुधबार नगरपालिकाको सभाकक्षमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँले वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी जनप्रतिनिधिलाई र विशेष अतिथि प्रेम सुवालले विजयी कर्मचारी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नगरभित्र टिपर आतंक न्युन गर्न नगरको पुरानो क्षेत्रभित्र त्यसैगरी विद्यालय क्षेत्र र आवास क्षेत्रहरूमा भारी खालको सवारीसाधन चलाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् । भारी खालको सवारीसाधनले दुर्घटना गराउने तथा बातावरण पनि भीडभाड र कोलाहल बनाउने भन्दै त्यस्ता सवारी साधनलाई मूख्य शहर, विद्यालय क्षेत्र र आवास क्षेत्रहरूमा निषेध गर्नुपर्नेमा उनको जोड छ ।

    नगरपालिकाले नेपाल भाषा (नेवारी) मा भवन निर्माण र नक्सा पास,मौलिक घरहरुको महत्व लगायतका विषयमा जनचेतना जगाउनुपर्ने आवश्यकता औल्याएका थिए । आचारसंहिता विपरीत नक्सा डिजाइन गर्ने इन्जिनियरहरू कारवाहीको भागी बन्नुपर्ने भन्दै उनले भक्तपुर इमान्दार कर्मचारीयुक्त नगरपालिकाको रुपमा उदाहरणीय बन्नुपर्ने समेत बताए ।

    मेडिकल काउन्सिल र इन्जिनियरिङ काउन्सिलले निजी कलेज सञ्चालकहरूलाई पक्षपोषण गरिरहेको बताउदै अध्यक्ष बिजुक्छेले नगरपालिका बिचलित नबनी जनतालाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न अझ क्रियाशील बन्नुपर्ने बताएका थिए ।

    उक्त अवसरमा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले समेत अध्यक्ष बिजुक्छेको बिचारमा समर्थन गर्दै भक्तपुर नगरको पुरानो क्षेत्र र आवास क्षेत्रमा नगरपालिकाले भारी सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने धारणा व्यक्त गरे ।

    स्थानीय तह स्वायत्त र विकेन्द्रित संस्था भएको बताउनुहुँदै प्रदेश सरकारले स्थानीय तहमा हस्तक्षेप गर्न नहुनेमा उनको जोड थियो ।

    देशको सन्तुलित विकास नभएकै कारण गुठी जग्गा, खोला, पोखरी र सार्वजनिक जग्गाहरू अतिक्रमणको चपेटामा परेको र प्रदूषण, फोहर, दुर्घटना, खानेपानी समस्यालगायतका बेथिति पनि बढेको बताए  ।

    कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा १ मा भाज्या पोखरी र सोही वडास्थित दशकौं समयसम्म नेपाली सेनाको नियन्त्रणमा रहेको रानीपोखरी निर्माण तिव्रगतिमा भइरहेको अवगत गराउदै सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान पनि सेनासँगको सहमति पछि तारबार लगाई नगरबासीहरूले उपभोग गर्न सुरु भइसकेको जानकारी गराएका थिए ।

    नगरबासीहरूको खानेपानीको समस्यालाई ध्यानमा राखेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरी नगरका विभिन्न ठाउँमा डीप बोरिङको काम अगाडि बढिरहेको र आकासे पानी संकलन गरी वितरणको तयारी पनि भइरहेको छ उनको भनाइ छ  ।

    कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी,भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला र नेपाल कर्मचारी एशोसिएसन ईकाइ समिति भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए  ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...