News Portal

  • ३७ करोडको लागतमा बन्ने भयो ७ तले ‘द ग्राण्ड गुण्डु रिसोर्ट’ : सांसद बस्नेतद्वारा शिलान्यास

    रमेश गिरी भक्तपुर, ७ पुस
    १११० पटक
    भक्तपुर, ७ पुस

    नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

    नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेपछि करोडदेखि अरबसम्मको लगानीमा होटल व्यवसाय सुरु हुन थालेको छ ।

    यसैक्रममा आज सूर्यविनायक नगरपालिका ७ घ्याम्पे डाँडा पाईलटबाबा आश्रम नजिकै ३७ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको द ग्राण्ड गुण्डु रिसोर्टको शिलन्यास गरिएको छ ।

    शिलान्यास पछि बोल्दै संघीय संसदका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भईरहदाँ सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेसंगै पर्यटन व्यवसायीहरु उत्साहित भएको बताए ।

    नौ वटा हिमश्रंखलादेखि काठमाण्डौ उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा , रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वर लगायतका क्षेत्र नयाँ पर्यटकीय आकर्षक गन्तव्य बनेको बताए ।

    यस क्षेत्र सूर्यविनायकदेखि गुण्डुहुदै र सूर्यविनायकदेखि गणेश मन्दिर हुदै आउने दुईवटा ८ देखि ११ मिटरसम्मको चौडा भएको सडक निर्माण सम्पन्न भईसकेको बताउदै उहाँले भन्नुभयो–“अबको दुईवर्षमा सबै सडक कालोपत्र गर्छौ, यहाँ आवश्यक खानेपानीदेखि अन्य पूर्वाधारहरु मेरै पहलमा पूर्णता गर्छु, अब व्यवसायीले ढुक्कसंग लगानी गर्नुस् ।”

    यो क्षेत्र उपत्यका कै उत्कृष्ठ पर्यटक गन्तव्य बन्ने चर्चा गर्दै उनले यस क्षेत्रमा प्याराग्लाईडिङ्ग, बन्जी जम्प, जिप लाईन संचालनमा आउने तयारी रहेको र पर्यापर्यटन, पदमार्ग, शिवमार्ग निर्माण सुरु भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको सांसद बस्नेतले बताए ।

    उनले पर्यटन व्यवसायीलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गर्दै नगरपालिकाले व्यवसायीलाई करमा आवश्यक छुट दिने र सहजता गराउन आफूले पहल गर्ने बताए ।

    कार्यक्रममा पर्यटन व्यवसायी एवं द ग्राण्ड गुण्डुका अध्यक्ष बिज्ञान राईले १८ जना व्यवसायीको सामुहिक लगानीबाट रु. ३७ करोडको् लागतमा ५२ रोपनी क्षेत्रफलमा अत्याधुकिन सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको बताए ।

    यसक्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाउने लक्ष्यका साथ अबको दुईवर्षमा निर्माण सम्पन्न गर्ने गरि सात तले भवन निर्माण गर्न लागिएको बताए ।

    अध्यक्ष राईले भने –“सात तले भवनमा ४४ वटा सुविधासम्पन्न कोठाहरु रहन्छन्, करिब २०० जना अट्ने क्षमताको सेमिनार हल, ५०० जनासम्म अट्ने बैंक्वैट, स्वीमिङ्ग पुल, स्पा, व्यायाम कक्ष, बाल उद्यान, शैक्षिक अनुसन्धान केन्द्र, साहसिक गेमहरुको सपोर्ट, पिकनिक स्पोर्टस्, २०० सवारी साधन अट्ने पार्किङ्ग लगायतका संंरचना निर्माण हुन्छ ।”

    त्यस्तै कुखुरा, कालिज, गाई लगायतका पुशपंक्षीको फार्म समेत रहने र बालबालिका तथा विद्यालयहरुका विद्याथीृहरुको लागि अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने बताउदै उनले सतप्रतिशत अर्गानिक खानाको व्यबस्था गरिने भएको छ ।

    अर्गानिक तरकारी उत्पादन गर्दै स्थानीय उत्पादन र स्थानीयबासीलाई पहिलो प्राथमिकतामा राखेर सीप अनुसारको रोजगारीको व्यबस्था गर्ने, कला संस्कृतिको प्रर्दशन गर्ने, स्थानीय तामाङ्ग, नेवारी साँस्कृतिक प्रस्तुती दिदै विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षण गर्ने गरि संरचना निर्माण हुन लागेको अध्यक्ष राईले बताए ।

    कार्यक्रममा सुनपा ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाअध्यक्ष किरण थापा, द ग्राण्ड गुण्डुका संचालक नूतन सुब्बा, घ्याम्पे डाँडा पर्यटन विकास समितिका अध्यक्ष रोमन शिलाकार लगायतले पर्यटन व्यवसायबाटै भक्तपुरको आर्थिक सम्बृद्धिमा टेवा पुर्याउने बताए ।

    अध्यक्ष शिलाकारले यही क्षेत्रमा तीन अर्बको लगानीमा घ्याम्पे डाँडामा होटल संचालन गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने घोषणा समेत गरे ।

    सच्याइएको : ३७ करोडको लागत हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...